9 months ago
June 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले सातौं डान प्राप्त गरेका छन् ।
दक्षिण कोरियामा भएको ग्रेडिङमा उत्तीर्ण हुँदै श्रेष्ठले सातौं डानको प्रमाण पत्र प्राप्त गरेका हुन् ।
श्रेष्ठले दक्षिण कोरियामै सन् २०२३ को जुलाई ५ देखि ११ तारिखमा भएको सेकेन्ड क्लास इन्टरनेसनल मास्टर्स कोर्ष र जुलाई ११ देखि १४ तारिखसम्म भएको सेकेन्ड क्लास तेक्वान्दो पुम/डान प्रमोसन एक्जामिनर कोर्ष पनि उत्तीर्ण गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।
राखेपका तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले आइतबार श्रेष्ठलाई तीनै कोर्षको प्रमाण पत्र प्रदान गरे ।
श्रेष्ठले भियतनाममा भएको २३ औं एसियाली तेक्वान्दो पाँचौं तेक्वान्दो पुम्से च्याम्पियनसिप चौथो एसियाली पारा खुला तेक्वान्दो, इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुद, युकेमा भएको म्यान्चेसटर २०१९ विश्व तेक्वान्दो, जोर्डनमा भएको अम्मान एसियाली तेक्वान्दो, पाकिस्तानमा भएको पाकिस्तान ओपन तेक्वान्दो जी– २ लगायत १५ अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
१५ प्रतियोगिता मध्ये श्रेष्ठले २ प्रतियोगितामा उत्कृष्ट निर्णायको अवार्ड जितेका थिए । उनले जोर्डन र पाकिस्तानमा भएको प्रतियोगितामा उत्कृष्ट निर्णायकको अवार्ड जितेका थिए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]