9 months ago
June 17, 2024
काठमाडौं (काठमाडौं)- विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयले आइतबार नगदसहित पुरस्कृत गरेको छ ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई प्रशंसा पत्र र नगदसहित पुरस्कृत गरे । पुरस्कारको कुल रकम २ करोड ९७ लाख १० हजार रुपैयाँ रहेको छ ।
गत वर्ष चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत जितेकी एरिका गुरुङलाई १९ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो । एरिकाले जितेको रजत नेपालले एसियाली खेलकुदको करातेमा प्राप्त गरेकोसबै भन्दा ठूलो उपलब्धि हो ।
प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार तथा सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाहीले समान ७८ हजार रुपैयाँ पाए । टिम व्यवस्थापक निवासगोपाल वैद्य १ लाख ९५ हजार नगदसहित पुरस्कृत भए । करातेतर्फ जम्मा २५ लाख ३५ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरियो ।
हाङझाव एसियाडमै ऐतिहासिक कांस्य विजेता नेपाल महिला कबड्डी टोलीका मेनुकाकुमारी राजवंशी (कप्तान), मानमति विष्ट, जयन्ती बडू, सुनिता थापा, रविना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जनाकुमारी थारु र कलावती पन्तले जनही ३ लाख ९० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णु दत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले समान १ लाख ३० हजार रुपैयाँ प्राप्त गरे ।
एसियाडमा नेपाली महिला कबड्डी टोलीले पहिलो सहभागितामै पदक जित्न सफल भएको थियो । कबड्डी टोलीले कुल ४८ लाख १० हजार रुपैयाँ पुरस्कार पाए ।
चीनको हाङझावमै भएको चौथो पारा एसियाली खेलकुदको तेक्वान्दोमा ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धनले १३ लाख रुपैयाँ बाट पुरस्कृत भइन् ।
पारा एसियाली खेलकुदमा पलेशाले हासिल गरेको पदक नेपालको अहिलेसम्मकै एक मात्र पदक हो । अघिल्ला तीन संस्करणमा नेपाल नियमित रुपमा सहभागी भएपनि पदक भने जित्न सकेको थिएन । प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार तथा टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार रुपैयाँ पुरस्कार पाए ।
आईसीसी टी– २० वल्र्ड कप फाइनल एसियामा दोश्रो भएको राष्ट्रिय पुरुष क्रिकेट टोलीका रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अविनाश बोहरा, कुशल मल्ल, विवेककुमार यादव, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, गुल्शनकुमार झा, करण केसी, सन्दिप लामिछाने, सन्दिप जोरा, प्रतिश जिसी, ललितनारायण राजवंशी र विनोद भण्डारीले जनही १३ लाख रुपैयाँ प्राप्त गरे । क्रिकेट टोलीका अधिकांश खेलाडी टी– २० विश्वकपका लागि वेस्ट इन्डिजमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् ।
मुख्य प्रशिक्षक म्रुगाङ जग्दशी देसाइ (मोन्टी देसाइ) ले ३ लाख ९० हजार, सहायक प्रशिक्षक बसन्त शाही, व्यवस्थापक सुमनराज कार्की र फिजियो विक्रम न्यौपानेले समान १ लाख ९५ हजार रुपैयाँ प्राप्त गरे । क्रिकेटमा सर्वाधिक २ करोड ४ लाख ७५ हजार रुपैयाँ प्रदान गरियो ।
राखेपको सिफारिसमा युवा तथा खेलकुद मन्त्रालयले खेलाडीसहित टोलीको पुरस्कारका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई गत बैशाख ७ गतेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको थियो ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]
March 1, 2025
ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो । दुई दिनमा १२ वटा स्वर्ण पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मछिन्द्र एफसी केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा आयोजक केपी एफसीलाई ४-० को फराकिलो अन्तरमा हराउँदै मछिन्द्रले उपाधि नजिक पुगेको हो । मछिन्द्रले उपाधिको लागि सोमवार त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्नेछ। मछिन्द्रको जितमा स्टेफेन जमाहा जालीले २ तथा मनिष डाँगी र रोशन रानाले समान १ […]