default_image

4 weeks ago

June 5, 2024

योगेन्द्रले एसियाली कुराँशमा भाग लिने

231 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- योगेन्द्र विष्टले १३ औं एसियाली कुराँश च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनले पुरुष ८१ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा प्रस्तुत गर्ने छन् ।

प्रतियोगिता इरानको तेहरानमा जुन ६ देखि १० तारिखसम्म हुनेछ । एसियाली प्रतियोगितामा योगेन्द्रको यो पहिलो सहभागिता हो । योगेन्द्र भारतको केरलामा गत अप्रिलमा भएको प्रथम दक्षिण एसियाली कुराँश प्रतियोगिताका स्वर्ण पदक जितेका थिए ।

योगेन्द्रसंगै मनोज आचार्य र नेपाल कुराँश संघका कार्यवाहक अध्यक्ष जीवन राई पनि इरान जाँदै छन् । मनोज प्रशिक्षक सेमिनार तथा जीवन एसियाली कुराँशको कोंग्रेसमा सहभागी हुने बताएका छन्। दुवै कार्यक्रम प्रतियोगिताकै दौरान हुनेछ । टोली बिहीबार इरान प्रस्थान गर्ने छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

June 30, 2024

तेक्वान्दोका मुख्य प्रशिक्षक श्रेष्ठलाई सातौं डान

काठमाडौं (हाम्रो खेलकुद)- तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले सातौं डान प्राप्त गरेका छन् । दक्षिण कोरियामा भएको ग्रेडिङमा उत्तीर्ण हुँदै श्रेष्ठले सातौं डानको प्रमाण पत्र प्राप्त गरेका हुन् । श्रेष्ठले दक्षिण कोरियामै सन् २०२३ को जुलाई ५ देखि ११ तारिखमा भएको सेकेन्ड क्लास इन्टरनेसनल मास्टर्स कोर्ष र जुलाई ११ देखि १४ तारिखसम्म भएको सेकेन्ड क्लास […]

June 29, 2024

छात्राका लागि आत्मरक्षा तालिम सुरु

हिमाल खरेल,दमकझापाको दमकमा महिला सेल्फ डिफेन्स (आत्मरक्षा) तथा योगासम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । दमकको हिमालय माविमा आज कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले एक कार्यक्रमका बीच प्रशिक्षणको उद्घाटन गरे । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा सुरु भएको तालिममा कक्षा ९ देखि १२ मा पढ्ने दमकका एक सय छात्रा सहभागी रहेका […]

June 17, 2024

क्रिकेट टोलीसहित अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत

काठमाडौं (काठमाडौं)- विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयले आइतबार नगदसहित पुरस्कृत गरेको छ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई प्रशंसा पत्र र नगदसहित पुरस्कृत गरे । […]

Success

Thank you for your time.