default_image

10 months ago

May 16, 2024

पारा तेक्वान्दो टोली भियतनाम जाँदै

581 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी– ४) २०२४ मा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भियतनामको दनाङ जाने भएको छ ।

प्रतियोगितामा पेरिस पारालिम्पिकका लागि छनोट भइसकेकी पलेशा गोवर्धनले महिला ५७ केजीमुनि, भरतसिंह महताले पुरुष ५८ केजीमुनि र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा कविराज नेगी लामा छन् । प्रतियोगितामा ३१ राष्ट्रिका खेलाडी सहभागी हुने बताइएको छ ।

पलेशाले छनोट चरण पार गरेर पेरिस पारालिम्पिकका लागि आफ्नो स्थान सुरक्षित गरिसकेकी छिन् । छनोट चरण पार गरेर पारालिम्पिकमा खेल्ने पलेशाले पहिलो र एक मात्र खेलाडी बन्ने क्रममा छिन् । पलेशाले चीनको ताइयानमा गत चैत ४ गते भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकका लागि छनोट भएकी थिइन् ।

पलेशा चौथो एसियाली पारा खेलकुदको कांस्य पदक विजेता पनि हुन् । उक्त पदक नेपालले पारा एसियाली खेलकुदमा हासिल गरेको एक मात्र हो । पलेशाले सन् २०२१ मा बहराईनमा भएको युथ एसियन गेम्समा स्वर्ण पदक र सन् २०१८ मा भियतनाममा भएको एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन् ।

नेपाल तेक्वान्दो संघले पेरिस पारालिम्पिकमा सहभागी गराउन अमिर र भरतको वाइल्ड कार्डका लागि आवेदन दिइसकेको प्रशिक्षक लामा जानकारी गराए । एसियन च्याम्पिनसिपबाट ¥याङकिङमा आउन र ¥याङकिङमा सुधार गर्न मद्दत पुग्ने भएको हुँदा अमिर र भरतलाई सहभागी गराइएको हो ।

प्रशिक्षकको भूमिकामा रहेका लामाले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा ३ स्वर्ण, २ रजत र ५ कांस्य पदक छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य–सचिव घिसिङले उच्च प्रदर्शनका लागि खेलाडीलाई शुभकामना दिदै तेक्वान्दोको विदेशकी प्रशिक्षक झिकाउने विषयमा तेक्वान्दो संघले चाँडो प्रकृया पूरा गर्नु पर्नेमा जोड दिए ।

विदाईमा राखेपका सदस्य प्रकाशकुमार कुसारी, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबादुर चन्द, सदस्यद्वय रामचन्द्र श्रेष्ठ र कुमार लामा घिसिङलगायतको उपस्थिति थियो ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.