default_image

10 months ago

May 12, 2024

आयशासहित ३ तेक्वान्दो खेलाडीले एसियन पुम्से खेल्ने

956 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणका पदक विजेता ३ खेलाडीले भियतनाममा आयोजना हुने आठौं एसियन पुम्से तेक्वान्दोमा प्रतियोगितामा भाग लिने भएका छन् ।

एसियाली खेलकुदकी कास्य पदक विजेता समेत रहिसकेकी आयशा शाक्यले एसियन पुम्सेलमा ४० वर्ष मुनीको उमेर समूहको व्यक्तिगत पुम्सेमा प्रतिस्पर्धा गर्नेछिन् ।

विश्व तेक्वान्दो तथा एसियन तेक्वान्दो युनियनको आयोजनामा जेठ १ र २ गते सन्चालन हुने प्रतियोगितामा १३ औं सागकी स्वर्ण पदक विजेता निशा दर्नालले महिला ३० वर्ष मुनि र अश्मिन राउतले पुरुष ३० वर्ष मुनीको व्यक्तिगत पुम्सेमा प्रतिस्पर्धा गर्नेछिन् । अश्मिन १३ औं सागका कास्य पदक विजेता हुन् ।

आयशा नेपाली तेक्वान्दोकी सर्वाधिक सफल महिला खेलाडी मध्ये एक हुन् । आयशा साग तेक्वान्दोको गेरुगी र पुम्सेमा स्वर्ण पदक जित्ने एक मात्र खेलाडी हुन् । सन् २००६ मा उनले एसियाली खेलकुदमा कास्य पदक जितेकी थिइन् ।

५ वर्षअघि स्वदेशमा आयोजना भएको १३ औं सागको व्यक्तिगत पुम्से र जोडीमा स्वर्ण पदक जितेकी आयशाले ११ औं सागमा गेरुगीतर्फ स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै सन् २००६ (दसौं साग) र २०१६ (१२ औं साग) मा गेरुगीमा रजत पदक जितेकी थिइन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाई गरेको ३ सदस्यटी टोली आइतबार नै त्यसतर्फ लागेको छ ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.