default_image

11 months ago

April 24, 2024

सागका स्वर्ण पदक विजेतासहितका खेलाडी जापान जाने

614 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको तेक्वान्दो टिमले जापानमा हुने २० औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिने भएको छ ।

जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहनेछ । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले २४ देशको सहभागिता रहने सो प्रतियोगितामा खेल्न १५ सदस्यीय नेपाली तेक्वान्दो टोली बिहिबार जापान प्रस्थान गर्ने जानकारी दिए ।

सो प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता वीरबहादुर महराले ७४ केजी मुनि, श्रीकृष्ण खड्काले ८७ केजी मुनि, निरज देउवाले ८७ केजी माथि, चन्द्रबहादुर राना मगरले ५८ केजी मुनि र धनबहादुर तामाङले ६८ केजी मुनि प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी टार्जन कायात मगर र युकेश थापा मगरले पुम्से यु ३० मा चुनौती पेश गर्नेछन् । महिलातर्फ सुस्मा श्रेष्ठले यु ६२ र सानी राना मगरले यु ७३ मा खेल्नेछिन् । भजिन्द्रबहादुर क्षेत्री पुरुष र विद्या राईले महिला प्रशिक्षकको जिम्मेवारीमा छन् ।

महेश्वर फुयालको नेतृत्वमा रहेको सो तेक्वान्दो टोलीमा टिम म्यानेजरमा रविन कोइराला र अफिसियलमा घनश्याम गौतम छन् । प्रतियोगतामा खड्काले रेफ्रीको भूमिका निर्वाह गर्नेछन् ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.