1 year ago
April 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)– १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका मुवाँथाई खेलाडी गुणराज रुचाललाई स्पोर्टस युनिभर्सले सोमबार सम्मान गरेको छ ।
स्पोर्टस युनिभर्सका निर्देशक किशोरकुमार जोशीले गुणराजलाई स्पोर्टस वेयर समेत प्रदान गरेका थिए । जोशी सुदूरपश्चिम प्रदेश मुवाँथाई संघका उपाध्यक्ष समेत हुन् ।
गत महिना थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको सेमी प्रोको पुरुष ५४ केजीमा त्रिभुवन आर्मी क्लबका गुणराजले इटालीका ग्राभियल ओलारिउलाई पराजित गर्दै स्वर्ण पदक जितेका थिए ।
विश्व च्याम्पियनसिपको सेमी प्रोमा कुनैपनि नेपाली खेलाडीले स्वर्ण पदक जितेको त्यो पहिलो अवसर हो । विश्व च्याम्पियनसिपमा गुणराजको यो आठौं सहभागिता हो।
व्यवसाय सुरु भएको १० औं वार्षिकोत्सवको उपलक्ष्यमा स्पोर्टस युनिभर्सले यसै महिनाको सुरुबाट खेलाडीहरुका लागि सामान खरिदमा २० प्रतिशत छुट दिन सुरु गरेको छ । वैशाख १ गतेबाट छुट दिन सुरु भइसकेको छ ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलाडीलाई स्पोर्टस युनिर्भसले आफ्ना खेल सामाग्री र पोशाकमा २० प्रतिशतको छुट दिने बताइएको थियो । त्यसका लागि खेलाडीले आफ्नो प्रमाणसहित एउटा फारम भरेर छुटको कार्ड लिन सक्ने बताइएको छ ।
बानेश्वरबाट शंखमुल जाने रोडमा रहेको स्पोर्टस युनिभर्समा फुटबल, क्रिकेट, भलिबल, ब्याडटिमन्टन, टेबल टेनिस, मार्सल आर्टसलगायत अधिकांश खेलका सामग्री र पोशाक विक्रीका लागि राखिएको जनाएको छ ।
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]
May 4, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा आइतवार स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कूल ६.२३ अंक जोडे । दश दिनमा अदिशको यो दोश्रो अन्तर्राष्ट्रिय पदक हो । […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]