11 months ago
April 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिका भ्रमणमा रहेका दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता दीपक श्रेष्ठ र विप्लभलाल श्रेष्ठ कनेक्टिकटको वेस्ट हार्डफोर्ड नगरपालिकाबाट सम्मानित भएका छन् ।
हार्डफोर्डकी मेयर सारी केन्टरले आफूहरुलाई प्रोक्लामेसन पत्रबाट सम्मान गरेको दीपक श्रेष्ठले जानकारी दिएका छन् । नेपाली ग्र्याजुयट विधार्थी संघ र रचित फाउन्डेसनका अध्यक्ष रिंकु श्रेष्ठको पहलमा हार्डफोर्डले उनीहरुलाई सम्मान गरेको हो ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका दीपक श्रेष्ठ आठौं र नवौंका सागमा तथा विप्लभले १३ औं सागमा करातेमा स्वर्ण पदक जितेका थिए ।
गत महिना टेक्ससमा भएको युएसए ओपन कराते च्याम्पियनसिपमा विप्लभ खेलाडी र दीपक प्रशिक्षकमा रुपमा सहभागी हुन त्यसतर्फ गएका थिए । उनीहरुको अर्को साता स्वदेश फर्कने बताइएको छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]