11 months ago
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारतको केरलामा हुने प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा ६ खेलाडीले भाग लिने भएका छन्।
वैशाख ७ देखि ९ गते सम्म हुने च्याम्पियनसिपमा महिलाको सिनियर ८७ केजी माथि दीपिका अछाजु, जुनियरको ६३ केजी मुनि परी घर्ती क्षेत्री र ४४ केजीमुनि दीक्षा मगरले प्रतिस्पर्धा गर्नेछिन्।
त्यस्तै सिनियर पुरुष ८१ केजी मुनि योगेन्द्र विष्ट, ७३ केजी मुनि पुजन श्रेष्ठ र ६० केजी मुनि अर्जुन क्षेत्रीले चुनौती पेश गर्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल ६ खेलाडीसहित ८ सदस्यीय टोलीलाई बुधबार विदाई गरे । टोलीको प्रशिक्षक/ निर्णायक प्रवीणकाजी श्रेष्ठ तथा व्यवस्थापक ग्याल्जेन शेर्पा छन्।
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]
March 1, 2025
ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो । दुई दिनमा १२ वटा स्वर्ण पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]