11 months ago
April 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको भर्जिनियामा रहेको नेप्लिज अमेरिकन कम्युनिटी सेन्टर (एनएसीसी) ले दक्षिण एसियाली खेलकुद (साग) को आठौं र नवौं संस्करणका स्वर्ण पदक विजेता करातेका दीपक श्रेष्ठ र १३ औं संस्करणका स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठलाई सम्मान गरेको छ ।
एनएसीसीले नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदानका लागि आयोजित विविध साँस्कृतिक कार्यक्रमका दौरान दीपक र विप्लभलाई सम्मान गरिएको हो । दीपक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष हुन् ।
दीपक प्रशिक्षक र विप्लभ खेलाडीका रुपमा मार्च २८ देखि ३१ तारिखमा भएको युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन अमेरिका गएका हुन् । उनीहरुलाई एनएसीसीका अध्यक्ष चन्द्र लामा र १० औं सागकी स्वर्ण पदक विजेता विना खड्का लामाले एक कार्यक्रमबीच सम्मान गरेका थिए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]