12 months ago
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन यसै वर्ष फ्रान्समा हुने पेरिस प्यारालम्पिक गेम्सका लागि छनोट भएकी छन् । योसँगै पलेसाले लगातार दोस्रो पटक प्यारालम्पिक गेम्स खेल्ने भएकी छन्।
चीनमा जारी पारा ओलम्पिकको एसियन छनोटमा पलेसाले के ४४ अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा सोमबार स्वर्ण जित्दै प्यारालम्पिक गेम्समा स्थान पक्का गरेकी हुन् ।
पलेसाले फाइनलमा इरानी खेलाडी लेल्ला मिर्जाइलाई पराजित गरेकी हुन् । सेमिफाइनलमा उज्वेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८-२ ले पराजित गर्दै पलेसाले फाइनलमा स्थान बनाएकी हुन् ।
छनोट चरण पार गरेर प्यारालम्पिक गेम्स छनोट हुने पलेसा पहिलो नेपाली पारा खेलाडी हुन् । विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा छनोट हुने तेक्वान्दोकै संगीना वैद्य पहिलो र दीपक विष्ट दोस्रो नेपाली हुन् ।
छनोट चरण पार गर्दै संगिनाले सन् २००४ एथेन्स र २००८ दीपकले बेइजिङ ओलम्पिक खेलेका थिए।
टोकियो २०२० प्यारालम्पिक गेम्समा पलेसाले २ फाइट जितेकी थिइन्।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]