default_image

1 year ago

March 16, 2024

‘कराते उपलब्धि उदाहरणीय’ – सदस्य सचिव घिसिङ

373 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले निर्वाचन भएको एक वर्षको अवधिमा करातेले हासिल गरेको उपलब्धि खेल क्षेत्रका निम्ति उदाहरणीय भएको बताएका छन् ।

शुक्रबारदेखि मधेश प्रदेशको निजगढ सरु भएको भएको साधारण सभाको शनिबार उद्घाटन घिसिङले लामो समयदेखि विवादित करातेलाई गत वर्ष एकिकृत बनाउन आफूले निर्वाह गरेको भूमिकाप्रति करातेले न्याय गरेको बताए । उनले त्यसैको फलस्वरुप करातेले १९ ओैं एसियाली खेलकुद (एसियाड) रजत पदक हासिल गरेको बताए ।

असोजमा चीनमा भएको एसियाडमा कराते खेलाडी एरिका गुरुङले रजत पदक जितेकी थिइन्। कराते खेलाडीले एसियाडमा रजद पदक जितेको त्यो पहिलो पटक हो ।

नेपाल कराते महासंघका पदाधिकारी तथा सदस्यहरु, ७ प्रदेशका प्रतिनिधि,परिवेक्षकगरि झन्डै १ सय जना सहभागिता रहेको वार्षिक साधारण सभाले कार्यसमितिले पेश गरेको विधान संशोधनलाई‌ पास गरेको थियो ।

महासंघका महासचिव दावा गुरुङगले २०७९ माघ १२ देखि २०८० साल चैत सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष किशोरप्रसाद भट्टराईले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदनलाई‌ सभाले पास गरेको थियो।

मधेश प्रदेश सांसद मीना लामाले साधारण सभाको सफलताका लागि शुभ कामना दिइन्। बागमती खेलकुद विकास परिषद्का प्रदेश सदस्य सचिव सूर्यलाल भण्डारीले कराते महासंघसंग एक बर्षदेखि कार्यक्रम र प्रतियोगिताहरुमा साझेदारी गर्दै आईरहेको उल्लेख गर्दै भविष्यमा पनि सहकार्य गर्दै जाने बताए।

महासंघका अध्यक्ष युवराज लामाले भावी योजना, तर्जुमा कार्यक्रम र रणनैतिक योजनाहरु सहित कराते खेलले हासिल गरेको उपलब्धिमा सबैको योगदानले प्राप्त भएको बताए।

सभालाई‌ समापन गर्दै अध्यक्ष लामाले मिसन सिक्स के सम्बन्धी प्रष्ट्याउदै सहभागी सबैलाई धन्यवाद दिए ।

April 23, 2025

तेक्वान्दो टोली जापान जाने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा भाग लिने भएका छन्। सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीवार जापानको ओसाका प्रस्थान गर्ने बताइएको छ । बैशाख १२ देखि १४ गते (अप्रिल २५ देखि २७) सम्म हुने प्रतियोगितामा खेलाडीले ग्योरोगी र पुम्से स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । ३० […]

April 22, 2025

नेपाली ६ खेलाडीले एसियाली जुडोमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले थाइल्याण्डको बैंककमा आयोजना हुने एसियाली जुडो च्याम्पियनसिपमा भाग लिने भएका छन् । ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली आज थाइल्यान्डको बैंकक प्रस्थान गर्नेछ। बैशाख १२ देखि १५ गतेसम्म हुने प्रतियोगितामा समान ३ महिला/पुरुष खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० […]

April 18, 2025

रविन्द्रले ब्रेभ कम्ब्याटमा चिनियाँ प्रतिद्वन्द्वीलाई हराए

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले चीनका एकिएबुलाई पराजित गरेका छन् । चीनको झेंग्झुमा भएको फाइटमा रविन्द्रले एकपक्षीय प्रदर्शन गर्दै पहिलो राउन्डमै जित दर्ता गरे । बान्टमवेट श्रेणीमा रविन्द्रविरुद्ध घरेलु प्रतिद्वन्द्वी दुइ मिनेट पनि टिक्न सकेनन् । रविन्द्रले लगातार पन्चमार्फत विपक्षीमाथि आक्रमण गरेपछि रेफ्रीले नकआउटका लागि खेल रोकेका थिए […]

Success

Thank you for your time.