default_image

1 year ago

February 19, 2024

एसियाली पदक विजेता एरिका सम्मानित

566 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले १९ औं एसियाली खेलकुद (एसियाड) को करातेमा ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङलाई सम्मान गरेको छ ।

मनास्लुले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत तथा कक्षा १२ मा उत्कृष्ट नतिजासहित उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा एरिकालाई सम्मान गरिएको हो ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा समाजमा महत्वपूर्ण योगदान गर्ने एरिकासहित विभिन्न क्षेत्रका पाँच जनालाई पनि सम्मान गरिएको थियो ।

एरिकाले गत असोजमा चीनको हाङझावमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । एरिकाले जितेको रजत एसियाली खेलकुदको करातेमा कुनैपनि नेपाली खेलाडी जितेको पहिलो र एक मात्र रजत हो ।

एरिकाअघि तेक्वान्दोकी सविता राजभण्डारीले १९९८ को बैंकक एसियाड तथा पाराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीमा विमल गुरुङ, विजय गौतम, सुशिल गुरुङ, युकेश गुरुङ र विशाल थापाले २०१८ को इन्डोनेसियामा भएको एसियाली खेलकुदमा रजत जितेका थिए ।

हाङझाव एसियाडअघि एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.