1 year ago
February 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद(एसियाड) की रजत पदक विजेता एरिका गुरुङ र दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी सम्मानित भएका छन् ।
बौचा मैचा पुच: ले एरिका र मन्देकाजीलाई शनिबार सम्मान गरेको हो। कराते खेलाडी एरिकाले चीनमा यसै वर्षको असोजमा चीनमा भएको १९ औं एसियाडमा रजत पदक जितेकी थिइन् । एसियाडमा रजत जित्ने उनी एक मात्र नेपाली कराते खेलाडी हुन् ।
मन्देले सन् २०१९ मा स्वदेशमा भएको १३ औं सागको करातेको एकल र टिम कातामा दोहोरो स्वर्ण पदक जितेका थिए।
कीर्तिपुर नगरपालिकाकी उप-मेयर शुभलक्ष्मी शाक्यले एरिका र मन्देलाई सम्मान गररकी थिइन् । भविष्यमा पनि खेलकुद तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरु निरन्तर सम्मान गर्दै जाने पुचःका अध्यक्ष दीलिप बज्राचार्यले बताए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]