default_image

9 months ago

February 3, 2024

एसियाडकी पदक विजेता एरिकालाई‌ स्वर्ण

817 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)- चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गुरुङले  तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक‌ जितेकी‌ छिन् ।

असोजमा सम्पन्न एसियाडपछि पहिलो प्रतियोगिता खेलेकी एरिकाले राष्ट्रिय प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार स्वर्ण पदक जितेकी हुन्।
सातदोबाटोमा स्थिति कराते हलमा कुमुते महिला ६८ केजीमाथिको तौल समूहमामा नेपाल एपिएफ क्लबकी विनिता श्रेष्ठलाई‌ ७-१ ले हराउँदै नेपाल पुलिस क्लबकी एरिकाले पहिलो स्थान हासिल गरेको‌ हुन् ।

प्रतियोगितामा पुलिसको त्यो नवौं स्वर्ण पदक हो ।
सो समूहमा मधेश प्रदेशकी पोरिना शाही ठकुरी र बागमतीकी कलाहाङ लिम्बुले कास्य पदक प्राप्त गरे।
त्यसअघि सेमिफाइनलमा एरिकाले कलाहाङ र विनिताले पोरिकालाई हराउँदै फाइनल यात्रा तय गरेकी थिइन्।

चोटका कारण एरिकाले साफ कराते च्याम्पियनसीपमा भाग लिएकी थिइनन् ।

दोस्रो दिन शुक्रबार पुलिस र एपिएफले समान ३ र बागमती प्रदेशले २ स्वर्ण पदक जित्दा विभागीय टोली त्रिभुवन आर्मी क्लब र अन्य प्रदेश अझैपनि पहिलो स्वर्णको खोजीमा छन् ।

पहिलो दिन ५ स्वर्ण पदक जितेको पुलिसको स्वर्ण पदक ९ पुग्दा एपिएफले ३ र बागमतीले २ स्वर्ण पदक जितेका छन् । १० टोलीको सहभागिता रहेको प्रतियोगितामा विभागीय टोली आर्मीसहित ७ टोलीले अहिलेसम्म स्वर्ण पदक जित्न सकेका छैनन् । १७ मध्ये १४ वटा इभेन्ट्सको पदकको टुंगो लागिसकेको छ ।

करातेको‌ राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका‌ रूपमा रहेको‌ प्रतियोगिताको‌ आयोजना‌ जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलले गरेको हो । प्रतियोगितालाई 
गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा गरेको छ ।

प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु. १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।

तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको‌ पदक

तेस्रो तथा अन्तिम दिन

कुमुते , महिला ६८ केजी माथि
एरिका गुरुङ (पुलिस)- स्वर्ण
विनिता श्रेष्ठ (एपिएफ)- रजत
पोरिना शाही ठकुरी (मधेश)- कास्य
कलाहाङ लिम्बु (बागमती)- कास्य

दोस्रो दिन

कुमुते, पुरुष -८४ केजी
मोहमद सेखु आलम (एपिएफ) – स्वर्ण
सज्वल बुढाथोकी (पुलिस) – रजत
सुरेश जफ्रेल (आर्मी) – कास्य
विशाल थापा (गण्डकी) – कास्य

कुमुते, महिला ६१ केजी
रमिता माझी (एपिएफ) – स्वर्ण
निरुपा दोङ (पुलिस)- रजत
विनिता पोखरेल (कोशी)- कास्य
पुष्पा मदई (सुदूरपश्चिम)- कास्य

कुमुते, पुरुष ६७ केजी
सन्तोष श्रेष्ठ (पुलिस) – स्वर्ण
किरण पुन (आर्मी) – रजत
पर्वत बस्नेत (कोशी)- कास्य
सन्देश पार्की (सुदुरपश्चिम)- कास्य

कुमुते, पुरुष ५० केजी
साइमन श्रेष्ठ (बागमती) – स्वर्ण
साजन मोक्तान (पुलिस) – रजत
निशान गोले (एपिएफ)- कास्य
आनन्द कामी (सुदूरपश्चिम)- कास्य

कुमुते, पुरुष ६० केजी
मिनबहादुर तामाङ (एपिएफ)- स्वर्ण
सुनिल समाल (लुम्बिनी)- रजत
अंकित गुरुङ (पुलिस) – कास्य
अर्जुन थापा ( सुदूरपश्चिम)- कास्य

कुमुते, महिला ६८ केजी मुनी

रोजिता ढुंगेल (पुलिस) – स्वर्ण
योमसम राई (कोशी) – रजत
रक्षा शाही ठकुरी (लुम्बिनी)- कास्य
आशिका राई (बागमती)- कास्य

कुमुते, पुरुष ५५ केजी
एलोन श्रेष्ठ (पुलिस)- स्वर्ण
रितिक लामा (मधेश) – रजत
राहुल चौधरी (लुम्बिनी)- कास्य
रमेश बोलुन (आर्मी)- कास्य

कुमुते, महिला ५५ केजी
पुष्पका लामा (बागमती)- स्वर्ण
निमा तामाङ (एपिएफ)- रजत
जिया कार्की (पुलिस) – कास्य
सुनिता सुनार (आर्मी)- आर्मी

पहिलो दिन
कुमुते, महिला ४५ केजी
वर्षा बुढामगर पुलिस – स्वर्ण
दीपा लामा (एपिएफ) – रजत
स्मृति चौधरी (कोशी)- कास्य
प्रोशिया चौधरी (मधेश )-कास्य

टिम काता (महिला)
एलिसा रास्कोटी मगर, तप्पी थापा मगर, मेघा लिम्बु (पुलिस) – स्वर्ण
रिना श्रेष्ठ, सुनिता सुनार, सानुमाया थिङ (आर्मी)- रजत
सोनम शेर्पा, रिनिशा रिमाल, वन्दना तामाङ (एपिएफ )- कास्य
सन्जु देशार, सृजना मल्होत्रा, नानु शाक्य (बागमती) – कास्य

टिम काता (पुरुष)
स्वर्णिम मानन्धर,फुर्तेन तामाङ र जगत सिंह धानुक (पुलिस) –  स्वर्ण
विनय लिम्बु, निकेश मानन्धर, दिनेश अमात्य (आर्मी)- रजत
अनिल चौधरी, मनिष शंकर, खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य
राजकुमार श्रेष्ठ, अमृत थोकर, प्रनिल मानन्धर (बागमती) – कास्य

एकल कातामा (महिला)
एलिसा रासकोटी मगर (पुलिस)- स्वर्ण
मिरा खत्री (एपिएफ)- रजत
सन्जु देशार (बागमती) – कास्य
सानुमाया थिङ (आर्मी )- कास्य

एकल काता (पुरुष)
स्वर्णिम‌ मानन्धर (पुलिस)- स्वर्ण
विनय लिम्बु (आर्मी)- रजत
अन्जन यसमाली मगर (बागमती)- कास्य
खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य

October 29, 2024

बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका स्वस्तिका तिरुवा र नोर्बु थेन्डुप शेर्पाले आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा मंगलबार स्वर्ण पदक जितेका छन् । स्वस्तिका र नोर्बु दुवैले ब्राजिलका खेलाडीलाई फाइनलमा पराजित गरे । बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ४-१ ले पराजित गरिन् । सेमिफाइनलमा स्वस्तिकाले ब्राजिलकै बारोस फरेरा मार्सेलो […]

October 27, 2024

उसुको थाउलो विश्व कपमा विजयले जिते कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली उसु खेलाडी विजय सिन्जालीले उसुको थाउलो विश्व कपमा कास्य पदक जितेका छन्। जापानको योकाहा सहरमा जारी तेस्रो विश्व कपको मेन्स जान्सुमा ९.६३६ अंक प्राप्त गर्दै विजयले नेपालका लागि एतिहासिक पदक जितेका नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले‌ जानकारी दिए। सो इभेन्टमा मलेसियाका खेलाडीले स्वर्ण र जापानका खेलाडीले रजत पदक […]

October 22, 2024

मिसन २०२६ को प्रशिक्षण मंसिरबाट पुनः सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण मंसिर १ गतेदेखि पुनः सुरु गर्ने भएको छ । सन् २०२६ मा जापानमा हुने २० औं एसियाडमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष […]

Success

Thank you for your time.