11 months ago
February 1, 2024
ललितपुर (हाम्रो खेलकुद)- तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लबले तेस्रो स्वर्ण पदक जितेकी छन्।
सातदोबाटो स्थिति कराते हलमा बिहीबार सुरु भएको प्रतियोगितामा पुलिसले पुरुष टिम कातामा स्वर्ण पदक जितेको हो । यसअघि एकल काता महिला र पुरुष एकल कातामा स्वर्ण पदक जितेको थियो।
एकल कातामा स्वर्ण जितेका स्वर्णिम मानन्धरसहित फुर्तेन तामाङ र जगत सिंह धानुकको पुलिस टोलीले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएको हो । पुलिसले ३८.९ स्कोर गर्दा रजत पदक विजेता आर्मीले ३७.७ स्कोर गरेको थियो। एपिएफ र बागमती प्रदेशले कास्य पदक प्राप्त गरे।
पुलिसकी एलिसा रास्कोटीले महिला एकल कातामा स्वर्ण पदक जितेकी हुन्। १९ औं एसियाली खेलकुदमा भाग लिएकी एलिसाले पुलिसका लागि दोस्रो स्वर्ण पदक जितेकी हुन् ।
एलिसाले फाइनलमा ३८.८ स्कोर गर्दै पहिलो स्थान प्राप्त गरिन् । ३८.१ स्कोर गरेकी एपिएफकी मिरा खत्रीले रजत पदक जितिन् । बागमती प्रदेशकी सन्जु देशार र त्रिभुवन आर्मी क्लबकी सानुमाया थिङले कास्य पदक जिते ।
त्यसअघि पुरुष एकलको फाइनलमा स्वर्णिमले ३९.३ अंकसाथ पहिलो स्थान हासिल गरेका थिए। ३८.७ स्कोर गरेका आर्मीका विनय लिम्बुले रजत पदक प्राप्त गरे ।
बागमती प्रदेशका अन्जन यसमाली मगर (३७.६) र एपिएफका खगेन्द्र चाम्लिङ राई (३७.४) ले कास्य पदक प्राप्त गरे ।
जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा माघ २० गतेसम्म चल्ने प्रतियोगितालाई
गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा गरेको छ ।
प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ के. जी. माथि, एकल काता र टिम कातामा तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ के.जी. माथी, एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ । ७ वटै प्रदेशका र ३ विभागीय टोलीका गरि २ सय ४० ले भाग लिएका छन्।
प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु. १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिता करातेको राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका रूपमा रहेको छ। बागमती प्रदेश सभासद मिनकृष्ण महर्जनको परिकल्पनामा आयोजित प्रतियोगिताको उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले उद्घाटन गरेका थिए।
January 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको […]
January 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंका शुभमजंग कुमार र चितवनका सोनाम महतोले दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण पदक जितेका छन् । टोखा नगरपालिकाको आयोजनामा टोखा नगरपालिका–५ को कार्यालयमा शुक्रवार सुरु भएको तेक्वान्दो लिगमा शुभम जंगले पुरुष र सोनामले महिला फाइटमा स्वर्ण पदक जितेका हुन् । शुभमले ४६ देखि ५० केजी तौलसमूहको फाइनलमा काठमाडौंका करण डोलीलाई […]
January 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाइड एन्ड सिक किन्डर गार्टेनले ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता उसुका आङबाबु लामालाई सम्मान गरेको छ । वनस्थलीको ढुंगेधारास्थित किन्डर गार्टेनले शुक्रवार आफ्नो १२औं वार्षिकोत्सवका अवसरमा सागका स्वर्णविजेता उसुका पूर्वखेलाडी तथा प्रशिक्षक लामालाई सम्मान गरेको हो । किन्डर गार्टेनकी निर्देशक इन्दिरा गौतम र संस्थापक प्रिन्सिपल कुमुद भट्टले सागका […]