1 year ago
February 1, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबकी एलिसा रास्कोटीले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला एकल कातामा स्वर्ण पदक जितेकी छन्।
सातदोबाटो स्थिति कराते हलमा बिहीबार सुरु भएको प्रतियोगितामा १९ एसियाली खेलकुदमा भाग लिएकी एलिसाले पुलिसका लागि दोस्रो स्वर्ण पदक जितेकी हुन् । पुलिसका स्वर्णिम मानन्धरले पुरुष एकलमा स्वर्ण पदक जितेका थिए।
एलिसाले फाइनलमा ३८.८ स्कोर गर्दै पहिलो स्थान प्राप्त गरिन् । ३८.१ स्कोर गरेकी एपिएफकी मिरा खत्रीले रजत पदक जितिन् । बागमती प्रदेशकी सन्जु देशार र त्रिभुवन आर्मी क्लबकी सानुमाया थिङले कास्य पदक जिते ।
त्यसअघि पुरुष एकलको फाइनलमा स्वर्णिमले ३९.३ अंकसाथ पहिलो स्थान हासिल गरे। ३८.७ स्कोर गरेका आर्मीका विनय लिम्बुले रजत पदक प्राप्त गरे ।
बागमती प्रदेशका अन्जन यसमाली मगर (३७.६) र एपिएफका खगेन्द्र चाम्लिङ राई (३७.४) ले कास्य पदक प्राप्त गरे । एकल कातामा सात प्रदेश र ३ विभागका गरि १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा माघ २० गतेसम्म चल्ने प्रतियोगितालाई
गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा गरेको छ ।
प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ के. जी. माथि, एकल काता र टिम कातामा तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ के.जी. माथी, एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ । ७ वटै प्रदेशका र ३ विभागीय टोलीका गरि २ सय ४० ले भाग लिएका छन्।
प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु. १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिता करातेको राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका रूपमा रहेको छ। बागमती प्रदेश सभासद मिनकृष्ण महर्जनको परिकल्पनामा आयोजित प्रतियोगिताको उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले उद्घाटन गरेका थिए।
तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका पदक विजेता
एकल काता
पुरुष
स्वर्णिम मानन्धर (पुलिस)- स्वर्ण
विनय लिम्बु (आर्मी)- रजत
अन्जन यसमाली मगर (बागमती)- कास्य
खगेन्द्र चाम्लिङ राई (एपिएफ)- कास्य
महिला
एलिसा रासकोटी (पुलिस)- स्वर्ण
मिरा खत्री (एपिएफ)- रजत
सन्जु देशार (बागमती) – कास्य
सानुमाया थिङ (आर्मी )- कास्य
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]