1 year ago
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)– च्याम्पियन मार्सल आर्टस एकेडेमीका सायाङ लामाले जर्मनीमा हुने ड्रेस्डेन ओपनमा भाग लिने भएकी छिन् । शनिबार हुने च्याम्पियनसिपमा सायाङले कुमुते ३६ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।
४ सदस्यीय टोलीको नेतृत्व च्याम्पियन मार्सल आर्टसकी प्रमुख कार्यकारी सुशिला लामाले गर्नेछिन् । सायाङको प्र्रशिक्षकमा डिगम्बर प्रसाद पन्त र अफिसियलमा नेहाकुमारी भट्ट रहेकी छिन् । टोली बिहीबार त्यसतर्फ जानेछ । नेपाल कराते महासंघका महासचिव दावा गुरुङले बुधबार टोलीको विदाई गरेका थिए ।
सोही अवसरमा केहि महिना अघि काठमाडौंमा भएको सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा यू २१ तर्फ ६७ केजी मुनी रजत पदक विजेता च्याम्पियन्स एकेडमीका खेलाडी अनिल बरामलाई सम्मान गरिएको थियो । जर्मनी जाने टोली र अनिललाई एकेडेमीले ज्याकेट पनि हस्तान्तरण गरेको थियो ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]