default_image

1 year ago

January 5, 2024

राष्ट्रिय वादोरियो कराते अर्को साता

576 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघको आयोजनामा अर्को साता चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिता हुने भएको छ ।

विश्व कराते महासंघको चार मुख्य विधा मध्येको एक रहेको वादोरियो कराते प्रतियोगिताको चौथो संस्करण यहि पुस २७ र २८ गते हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पुरुष र महिलामा एकल र कातासहित समान ६ वटा स्पर्धामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष हरिशरण केसीले जानकारी गराए ।

प्रतियोगितामा महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, खुल्ला तौल र एकल कातामा‌ प्रतिस्पर्धा हुनेछ। त्यस्तै पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, खुल्ला तौल समुह र एकल काता इभेन्ट्स छन् ।

प्रतियोगितामा ७ प्रदेशका खेलाडीको सहभागिता रहनेछ । प्रत्येक प्रदेशबाट हरेक तौलमा छानिएका एक जना खेलाडी मात्र सहभागी हुने छन् ।

एक प्रदेशबाट एक तौलसमूहमा समान ६ पुरुष/महिला गरी १२ खेलाडी सहभागी हुने छन् । त्यसबाहेक एकजना प्रशिक्षक, एकजना ब्यवस्थापक र रेफ्री रहने छन् ।

प्रतियोगितामा पदक जित्ने खेलाडी, टिम च्याम्पियन विजेता, दोस्रो, तेस्रो, बेष्ट फाईटर पुरुष र महिलालाई नगदबाट पुरस्कृत गरिने संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले बताए ।

प्रतियोगितामा सहभागी हुने सातवटै प्रदेशका खेलाडीको छनोट सम्पन्न भइसकेको छ । प्रतियोगिता सञ्चालन गर्न करिब १७ लाख रुपैयाँ खर्च हुने बताइएको छ । आयोजकका अनुसार सहभागी खेलाडीको विमा पनि गरिएको छ ।

दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धरास्थित यति पार्टी प्यालेसमा हुनेछ । पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष पुरुषोत्तम भण्डारी, नेपाल सोतोकान कराते संघका अध्यक्ष श्याम शेर्पालगायतको उपस्थिति थियो ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.