1 year ago
December 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा भएको मोर्डन पाइथान गेम्समा नेपाली मुवाँथाइ खेलाडीले बिहीबार ४ स्वर्ण जितेका छन् ।
प्रतियोगितामा नेपालबाट समान २ पुरुष/ महिला गरी ४ खेलाडी सहभागी भएकोमा चारैले स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाइ संघका उपाध्यक्ष समेत रहेका टिम प्रशिक्षक राहुल मोक्तानले जनाएका छन् ।
पुरुष ६५ केजीमा मुकेश लुइटेल खत्रीले भारतका शिभान्स भार्गवलाई पराजित गरी स्वर्ण जिते । मुकेश भुटानमा भएको पाँचौं दक्षिण एसियाली किक बक्सिङ च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । पुरुष ६० केजीमा किशोर नेगीले भारतका विशाल सिंहलाई नकआउट आधारमा हराउदै पहिलो भए ।
महिला ४८ केजीमा प्राप्ति बतासले भारतकी सताक्षी शुक्लालाई पाखा लगाउदै शीर्ष स्थानमा रहिन् । राष्ट्रिय च्याम्पियन प्राप्ति मलेसियामा सन् २०२२ मा भएको युथ विश्व च्याम्पियनसिपकी कांस्य विजेता हुन् । प्राप्तिकी दिदी परिकाले ५१ केजीमा भारतकी दिब्यान्शीलाई पन्छ्याउदै स्वर्ण चुमिन् ।
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]
May 4, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा आइतवार स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कूल ६.२३ अंक जोडे । दश दिनमा अदिशको यो दोश्रो अन्तर्राष्ट्रिय पदक हो । […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]