1 year ago
December 16, 2023
विजय नेपाली, पोखरा
पोखरामा अर्को महिना मुवाथाई च्याम्पियनसिप हुने भएको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाथाई अर्गनाइजेसनको मुवाथाई पुस ९ गते हुने भएको हो । मार्सल आर्ट्स अन्तरगतको मुवाथाई व्यवसायिक फाइट हो । प्रतियोगितामा सहभागी हुने सबै खेलाडीले नगद प्राप्त गर्नेछन् ।
‘क्रिसमस डे’ को अवसर पारेर लेकसाइडमा आयोजना हुन लागेको प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यवसायिक फाइटरहरुको सहभागिता रहने बताइएको छ। प्रतियोगितामा १६ फाइट हुनेछन् ।
प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले दर्शकका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।
‘यो व्यवसायिक फाइट हो । यहाँ सबै फाइटर छनोट भएर आएका छन् । थुप्रै क्लबहरुले खेलाडी दर्ता गराएपनि हामीले नेपालमा प्रोफेसनल फाइटरहरुलाई मात्र समेटेका छौं’ उनले भने, ‘मुवाथाईको प्रचार गर्नु हाम्रो मुख्य उद्देश्य हो । अझ यसलाई लेकसाइडमा गर्नु भनेको बाह्य पर्यटकलाई आकर्षित गर्नुपनि हो ।’
खेलाडीहरुका लागि पोशाकलगायत सबै व्यवस्थापन आयोजनकले गर्ने जनाइएको छ। प्रतियोगितामा एमेच्योर, सेमि प्रोफेसनल र प्रोफेसनल फाइट गरि तीन विधामा प्रतिस्पर्धा हुनेछन् ।
वान फाइट सिस्टम अनुसार हुने फाइटमा खेलाडीले एक खेलमात्रै खेल्ने क्षेत्रीले जानकारी दिए । नेपालमा मुवाथाईको व्यवसायिक खेलाडी उत्पादन गर्ने समेत लक्ष्य रहेको छ ।
प्रतियोगितामा खेलाडीहरुको विमा समेत आयोजकले गरेको छ । नेपाल राष्ट्रिय मुवाथाई संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा विभिन्न व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिहरुको सहयोग रहेको बताइएको छ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]