default_image

1 year ago

December 16, 2023

न्युजेनका पदक विजेता खेलाडी पुरस्कृत

608 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– न्युजेन तेक्वान्दो एकेडेमीका दुई पदक विजेता खेलाडीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका‌ उपाध्यक्ष विनोद कुँवरले नगदबाट पुरस्कृत गरेका छन् ।

गत साउनमा मलेसियामा भएको पाँचौं हिरोज इन्टरनेसनल तेक्वान्दो कपमा न्यूजेनका सक्षम दुलाल र सम्राट सिंहले रजत पदक जितेका थिए।

सक्षमले १० देखि १४ वर्षको ब्ल्याक बेल्ट पुम्सेमा र सम्राटले यू १३ देखि १५ को ब्ल्याक बेल्ट स्पिड किकिङमा दोस्रो पदक जितेका थिए।

कुँवरले व्यक्तिगत रुपमा सक्षम र सम्राटलाई जनही १५ हजार रुपैयाँ प्रदान गरेका थिए। कार्यक्रममा न्युजनका प्रशिक्षार्थीले पुम्से र नृत्य प्रस्तुत गरेका थिए। भैसिपाटी आवास क्षेत्रमा‌ रहेको न्युजेनमा तेक्वान्दो, जुम्बा र नृत्यको‌ प्रशिक्षण हुँदै आएको छ ।

अस्ट्रेलिया रहेका तेक्वान्दो प्रशिक्षक एवम् रेफ्री प्रविण थापाको पहलमा‌ स्थापित न्युजेनमा हाल करिब ६० जना प्रशिक्षार्थी र ४ जना प्रशिक्षक छन् । न्युजेनले कुँवरलाई मायाको चिनो प्रदान गरेको थियो।

कुँवरले भविष्यमा पनि आफु न्युजेनलाई सहयोग गर्ने वचन दिए । कुँवर निर्देशक रहेको एक्स्ट्राटेक ओभल प्रालिले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा १७ दरखसवामा क्रिकेट मैदान निर्माण गरिरहेको छ ।

यसैसाता मैदानको‌ पहिलो चरणको निमार्ण सम्पन्न भएको थियो। त्यस मैदानमा फागुनबाट क्रिकेट खेल्न सकिने बताइएको छ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.