default_image

1 year ago

November 14, 2023

पारा तेक्वान्दो प्रशिक्षक लामा सम्मानित

604 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् ।

दीपावली तथा नेपाल सम्वत् ११४४ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पशुपति देवपाटनको पशुपति सिर्जनशील युवा क्लबले लामालाई मंगलबार सम्मान गरेको हो ।

क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक सुमन डंगोल, काठमाडौं क्षेत्र नं. ४ का सांसद गगनकुमार थापा, बागमती प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्री र काठमाडौं महानगरपालिका वडा नम्बर ८ अध्यक्ष आशामान संगतलागयतले राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक लामालाई सम्मान गरेका हुन् ।

अक्टोबर २२ देखि २८ तारिखसम्म चीनको हाङचाओमा भएको चौथो एसियाली पारा खेलकुदमा लामाको प्रशिक्षणमा नेपालले ऐतिहासिक पदक जितेको थियो । तेक्वान्दोको के–४४ विधाको महिला ५७ केजीमुनिको तौल समूहमा पलेशा गोवद्र्धनले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । पारा तेक्वान्दो प्रशिक्षकको भूमिकामा उनले पु¥याएको योगदानको कदर गर्दै क्लबले सम्मान गरेको हो ।

प्रशिक्षकका रुपमा लामाले विभिन्न अन्तर्राष्ट्रिय पारा प्रतियोगितामा नेपाललाई ९ वटा पदक दिलाइसकेका छन् ।
अन्तर्राष्ट्रिय लेभल–२ प्रशिक्षक लामाको प्रशिक्षणमा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य पदक जितेको छ । पलेशाले एक स्वर्ण र १ कांस्य, सिर्जना घिसिङले १ स्वर्ण र २ रजत, रञ्जना धामीले २ कांस्य तथा विक्रम श्रेष्ठ र विशाल गर्बुजाले समान १ कांस्य पदक जितेका छन् ।

पलेशाले टोकियो पारा ओलम्पिकमा दुई ‘बाउट’ जितेर इतिहास रचेका बेला पनि लामा प्रशिक्षक थिए । लामाले विगत आठ वर्षदेखि स्वयंमसेवक प्रशिक्षकका रुपमा पारा खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् ।

सोही कार्यक्रममा नेपाली राष्ट्रिय पौडी खेलाडी अदिप्शा वैद्यलाई पनि सम्मान गरिएको थियो । सन् २०१९ मा हंगेरीको बुढापेस्टमा आयोजना भएको जुनियर वल्र्ड च्याम्पियनसिपमा सहभागिता जनाएकी उनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा समेत प्रतिस्पर्धा गरेकी वैद्यले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.