1 year ago
October 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनमा हालै सम्पन्न सम्पन्न १९ औं हाङ्गचौं एसियाली खेलकुद (एसियाड)) मा करातेको कुमुतेमा रजत पदक जितेकी एरिका गुरुङलाई नेपाल सितोरियो कराते संघ लैनचौर काठमाडौंले सोमबार १ लाख ५ हजार रुपैयाँ सहित सम्मान गरेको छ ।
करातेका खेलमार्फत देशको प्रतिष्ठा बढाउनका लागि उच्च प्रदर्शन गरेकोमा डोजोले सम्मान गरेको हो । एसियाडमा करातेमा रजत पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी बनेका छन् । त्यसअघि सन् १९९४ मा सिता राई, १९९८ मा समर गोले र २०१४ मा विमला तामाङले करातेमा कास्य पदक जितेका थिए ।
चीनमा असोज ६ देखि २१ गते सम्म सम्पन्न एसियाडमा नेपालले करातेमा रजत र महिला कबड्डीमा कास्य पदक जितेको थियो । एरिका लागि क्यानडामा बसोबास गर्दै आएका करातेमा अन्तर्राष्ट्रिय खेलाडी परशुराम बास्तोलाले ५० हजार, लैनचौर डोजाले २५ हजार र धरान मुख्य जोडोका रोहित राईले ३० हजार रुपैयाँलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]