1 year ago
October 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम च्याम्पियन मार्सल आर्ट एकेडेमी जुनियर कराते च्याम्पियनसिपमा शनिबार महिलातर्फ प्रश्ना ढकाल र पुरुषतर्फ निश्चल खड्का उत्कृष्ट खेलाडी घोषित भए । उनीहरु दुबैले समान १ सय ५० अमेरिकी डलर पुरस्कार प्राप्त गरे ।
च्याम्पियन मार्सल आर्ट एकेडेमीले आयोजना गरेको च्याम्पियनसिपमा इचङ्गुकी डोजो टिम च्याम्पियन बनेको छ । आयोजक च्याम्पियन मार्सल आर्ट दोस्रो र मनकामना डोजो तेस्रो भएको छ । च्याम्पियनसिपमा १३ टिमका ३ सय बढी खेलाडीको सहभागिता रहेको थियो ।
एकल कातामा महिलातर्फ इचङ्गुकी रेनिशा रिमाल र पुरुषतर्फ सोही डोजोका निरज बस्नेत विजयी भए । महिला तर्फ १५ केजीमा च्याम्पियनकी रोज्ली थापा, २० केजीमा मनमैजु डोजोकी प्रश्ना ढकाल, २५ केजीमा च्याम्पियनकी रसिका पुडासैनी, ३० केजीमा मनकामना डोजोकी विनिता कुँवर, ४५ केजीमा इचङ्गुकी सोनाम शेर्पा विजयी भएका छन् ।
महिला ५५ केजीमा च्याम्पियनकी निमा तामाङ्ग, ३५ केजी मोडन स्कुलकी अलिशा गुरुङ्ग, ४० केजी तौल समूहमा मनकामनाकी समिक्षा रानामगर र खुल्ला तौल समूहमा भिएस निकेतनकी युनिका राई पहिलो भइन् ।
पुरुषतर्फ २० केजीमा भिएस निकेतनका निश्चल खड्का, २५ केजीमा मोडनकी गौरव सुवेदी, ३० केजीमा मनकामनामा डेबिट रानामगर, ५५ केजीमा इचङ्गुका सविर श्रेष्ठ, ६० केजीमा च्याम्पियनका अनिल बराल पहिलो भए । ४५ केजीमा इचङ्गुकीका निराजन बस्नेत, ३५ केजीमा मनमैजुका आयुष गजुरेल विजयी भए ।
नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा लामाले विजेत खेलाडीलाई पुरस्कार वितरण गरे । सोही अवसरमा वरिष्ठ खेल पत्रकार अजय फुयाललाई च्याम्पियन मार्सल आर्ट एकेडेमीले सम्मान गर्यो । महासंघका अध्यक्ष लामाले फुयाललाई सम्मान पत्र हस्तान्तरण गरे । च्याम्पियनसिपकी संयोजक शुसिला लामाले भविष्यमा पनि यस्ता प्रतियोगिता आयोजना हुने जानकारी दिइन् ।
हाल अमेरिकामा बसोबास गर्दै आएका च्याम्पियन मार्सल आर्टका निर्देशक तथा ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता करातेका सुनिल लामाको अवधारणामा प्रतियोगिता आयोजना गरिएकको १३ औं सागका करातेमा दोहोरो स्वर्ण पदक जितेका मन्देकाजी श्रेष्ठले जानकारी दिए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]