default_image

1 year ago

October 9, 2023

एसियाडका पदक विजेताको सम्मानमा र्याली गरिने

1082 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १९ औं एसियाली खेलकुद (एसियाड) का पदक विजेता खेखलाडी, प्रशिक्षक र अफिसियलको सम्मानमा र्याली हुने भएको छ ।

चीनको हाङ्गचौंमा आइतबार सम्पन्न १९ र्औ एसियाडमा पदक जित्ने खेलाडी, प्रशिक्षक र अफिसियल मंगलबार स्वदेश आइपुग्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक जितेको थियो ।

टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०ः४५ बजे उर्लनेछ । त्यसपछि विमानस्थल, गौशाला, चावहिल, नारायण गोपाल चोक, प्रहरी प्रशिक्षण प्रतिष्ठान, लैनचौर, केशरमहल, दरवारमार्ग, भद्रकाली, शहिदगेट हुँदै दशरथ रगंशाला पुग्ने छ । त्यसपछि त्रिुपरेश्वरस्थित राखेप परिसरमा सम्मान कार्यक्रम हुने बताइएको छ ।

यसपटक करातेकी एरिका गुरुङले रजत पदक र पहिलो पटक सहभागी महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो । सन् १९९८ पछि पहिलो पटक नेपालले व्यक्तिगत स्पर्धामा रजत पटक यसै पटक जितेको थियो । त्यति बेला तेक्वान्दोकी सविता राजभण्डारीे रजत पदक जितेकी थिइन् ।

नेपालले १८ औं संस्करणमा प्याराग्लाइडिङको टिम इभेन्टमा रजत पदक जितेको छ । सन् २००६ पछि पहिलो पटक नेपालले एक भन्दा बढी पदक जितेको छ । सन् २००२ र २००६ मा नेपालले तेक्वान्दोमा समान ३ कास्य पदक जितेको थियो ।

अहिले सम्म नेपालले एसियाडमा ३ रजत र २३ कास्य पदक जितेको छ । यसपटक एसियाडमा नेपालले २९ खेलमा २ सय ५३ खेलाडीले भाग लिएका थिए ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.