default_image

1 year ago

September 15, 2023

भियतनाममा निश्चल र सुदिपले पदक जिते

645 views

0 Bookmark

सुनिल गाउँले, भियतनाम

भियतनामको दा नाङमा सम्पन्न १९ औं आसिटिओ तेक्वान्दो च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले रजत पदक जितेका छन् । इन्टरनेशनल क्लब तेक्वान्दो अर्गनाइजेसनले आयोजना गरेको च्याम्पियनसिपमा नेपालका निश्चल धामी र सुदिप नेपालीले रजत पदक जितेका हुन् ।

निश्चलले ४८ केजी र सुदिपले ४५ केजी तौल समूहमा पदक जितेका हुन् । फाइनल भिडन्तमा निश्चल मलेसिया र सुदिप भियतनामका खेलाडीसँग पराजित भएका थिए।

प्रतियोगितामा सहभागी हुन नेपाल तेक्वान्दो संघसंग सम्बद्ध सिमरा तेक्वान्दो डोजाङ दुई खेलाडी भियतनाम आएका हुन् । टोलीसँगै भियतनाम आएका नेपाल तेक्वान्दो संघ मधेश प्रदेशका महासचिव राजकुमार लामाले दुई खेलाडीले पदक जितेसंगै अन्तर्राष्ट्रिय अनुभव बटुल्न सफल भएको बताए।

टोलीमा तेक्वान्दो प्रशिक्षक हेमलाल श्रेष्ठ, विजय शाह ठकुरी, सिमराका युवा समाजसेवी श्यामबाबु गुप्तालगायत सहभागी छन् ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.