1 year ago
September 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मिक्स मार्सल आर्ट्सका स्टार रविन्द्र ढाँटले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै वन फ्राइडे फाइट्समा जित हासिल गरेका छन् ।
शुक्रबार थाइल्याण्डको बैंककमा भएको वन फ्राइडे फाइट्स ३३ अन्तर्गत फ्लाईवेट डिभिजनमा २४ वर्षीय रविन्द्रले रुसका तोरेप्च्ची डोंगाकलाई तेस्रो राउण्डमा टेक्निकल नकआउटमा हराएका हुन् । व्यावसायिक फाइट करिअरको छैटौं खेलमा पनि जित हासिल गर्दै रविन्द्रले इतिहास रचेका छन् । उनी वन च्याम्पियनसिपको फ्राइडे फाइट्समा जित हासिल गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् ।
सुरुवाती दुवै राउण्डमा टेकडाउनमा डोंगाकलाई दबाबमा राखेका रविन्द्रले तेस्रो राउण्डमा पनि बलियो सुरुवात गरे । ५-५ मिनेटको तीन राउण्डको खेल भएपनि रेफ्रीले तेस्रो राउण्डको २ मिनेट नपुग्दै खेल रोकेका थिए ।
गत महिना नेपालमै सम्पन्न नेपाल वारियर्स च्याम्पियनसिपको मेन इभेन्टमा भारतीय फाइटरलाई हराएका रविन्द्रले वन च्याम्पियनसिप खेल्ने दुर्लभ अवसर पाएका थिए । थाइल्याण्डमा ऐतिहासिक जित दर्ता गरेसँगै उनलाई अब वन च्याम्पियनसिपमा खेल्ने बाटो पनि खुल्नेछ ।
बझाङका स्थायी बासिन्दा रविन्द्र घरको आर्थिक अवस्था कमजोर भएपछि जीविकोपार्जनकै सिलसिलमा भारत पुगेका थिए । नेपालमा एसएलसी दिएपछि भारतमै सामान्य जागिर गरेका उनले कराते खेल सिक्दै मिक्स मार्सल आर्ट्समा प्रवेश गरेका थिए ।
पछिल्लो केहि वर्षदेखि उनी नेपालको लक एन्ड रोल एमएमएमा दिविज पियाको व्यवस्थापनमा रहेर मार्सल आर्ट्समा पूर्ण रुपमा लागेका थिए । उनले भारतमा पनि केहि प्रतियोगिता जित्दै वन च्याम्पियनसिपको यात्रा तय गरेका हुन् ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]