default_image

2 years ago

September 12, 2023

रविन्द्रले वन च्याम्पियनसिप खेल्दै

1819 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिक्स मार्सल आर्ट्सका नेपाली स्टार रविन्द्र ढाँटले एसियाकै शीर्ष कम्ब्याट प्रतियोगता वन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

यहि शुक्रबार हुने वन फ्राइडे फाइट्स ३३ अन्तर्गत फ्लाईवेट डिभिजनमा २४ वर्षीय रविन्द्रले रुसका तोरेप्च्ची डोंगाकसँग खेल्ने भएका हुन् । गत महिना नेपालमै सम्पन्न नेपाल वारियार्स च्याम्पियनसिपको मेन इभेन्टमा भारतीय फाइटरलाई हराएका रविन्द्रले वन च्याम्पियनसिप खेल्ने दुर्लभ अवसर पाएका हुन् ।

बझाङका स्थायी बासिन्दा रविन्द्र घरको आर्थिक अवस्था कमजोर भएपछि जीविकोपार्जनकै सिलसिलमा भारत पुगेका थिए । नेपालमा एसएलसी दिएपछि भारतमै सामान्य जागिर गरेका उनले कराते खेल सिक्दै मिक्स मार्सल आर्ट्समा प्रवेश गरेका थिए ।

पछिल्लो केहि वर्षदेखि उनी नेपालको लक एन्ड रोल एमएमएमा दिविज पियाको व्यवस्थापनमा रहेर मार्सल आर्ट्समा पूर्ण रुपमा लागेका थिए । उनले भारतमा पनि केहि प्रतियोगिता जित्दै वन च्याम्पियनसिपको यात्रा तय गरेका हुन् ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.