default_image

2 years ago

September 12, 2023

तेक्वान्दो संघले खेल्नबाट बन्चित गरेको खेलाडीहरुको आरोप

484 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले ११ औं कोरियन एम्बेसडर खुला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको भोली पल्ट तेक्वान्दोकै केहि खेलाडीले आफूहरुलाई खेल्नबाट बन्चित गराएको आरोप लगाएका छन् ।

संघले जारी गरेको सुचनाकै आधारमा भदौ ४ गते भन्दा अगाडि नै नाम दर्ता गर्न खोज्दा विभिन्न बहाना गरि नाम दर्ता गर्न नदिएको खेलाडीहरुले आरोप लगाएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै खेलाडीहरुले तेक्वान्दो संघले विभेद गरेको आरोप लगाएका हुन् । उनीहरुले खेल्न पाउने आफ्नो अधिकारलाई सम्बोधन नगरे न्यायिक लडाई लड्ने चेतावनी पनि दिएका छन् ।

नेपालस्थित दक्षिण कोरियाली दुताबास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा भदौं २७ देखि ३१ गतेसम्म कोरियन एम्बेसडर तेक्वान्दो सन्चालन हुँदैछ । संघले खेलाडीमाथि निरंकुशता लाद्न खोजेको आजको परिस्थिति सृजना भएको उनीहरुको आरोप छ ।

पत्रकार सम्मेलनमा बोल्दै कोटेश्वर डोजाङ्गका खेलाडी एलिस ठकुरीले तेक्वान्दो संघका केहि पदाधिकारीहरुको आन्तरिक विवादकै कारण आफूहरुलाई खेल्नबाट बन्चित गरेको बताएका छन् । उनले संघले खेलाडीलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् ।
‘तेक्वान्दो संघ सबैको साझा संघ हो, संघ आफैमा खराब होइन, संघ चलाउने व्यक्तिहरुको निरंकुशता हाबी हुँदै जाँदा संघ नै बदनाम बनेको छ, उनले भने, यो गलत हो्,‘यो प्रवृत्तिको अन्त्य हुनुपर्छ र हामी खेलाडीले रुपले खेल्न पाउनु पर्छ ।’

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.