default_image

2 years ago

September 11, 2023

थाइल्यान्ड ओपन करातेमा नेपालीले जिते १२ पदक

878 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा १२ नेपाली खेलाडीले पदक जितेका छन् । आइतबार सम्पन्न च्याम्पियनसिपमा सिनियरमा एक कास्यसहित जुनियर र क्याडेटमा नेपाली खेलाडीले पदक जितेका हुन् ।

प्रशिक्षक मन्देकाजी श्रेष्ठका अनुसार सिनियर ५५ केजी मूनी तौल समूहमा निमा तामाङ ले कास्य पदक जितेकी हुन् । जुनियर तर्फ यु १२ को ३५ केजी तौल समूहमा मनिल श्रेष्ठ र ४० केजी तौल समूहमा संयूना मगरले स्वर्ण पदक जितेका छन् ।

जुनियर युथ १४ एकल कातामा राहन जाभेद ले रजत पदक , युथ १२ को ३० केजी तौल समूहमा बिबिशा अधिकारीले, ३५ केजी तौल समूहमा प्रलेश महर्जनले, ४० केजी तौल समूहमा अविधी विश्वकर्माले ४५ केजी मुनिको तौल मा कविर शर्मा चौलागाईंले र ४५ केजी तौल समूह भन्दा माथिमा समुन मल्लले कास्य पदक जितेछन् ।

जुनियर तर्फ उजिन पन्डित क्षेत्रीले ७६ केजी तौल समूहमा कास्य पदक र क्याडेट तर्फ ७० केजी माथिको तौल समूहमा हार्दिक थपलियाले रजत पदक र जिसम लुङ्गेली ले कास्य पदक जित्न सफल भएका छन् १३ औ दक्षिण एसियाली खेलकुद (साग) का दोहारो स्वर्ण पदक विजेता श्रेष्ठका अनुसार टोली बुधबार स्वदेश फर्कनेछन् ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.