default_image

2 years ago

September 8, 2023

सितोरियो कराते संघमा अध्यक्षसहित सबै निर्विरोध

916 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धावा (दावा) गुरुङ नेपाल सितोरियो कराते संघको अध्यक्षमा पूनः सर्वसम्मत चुनिएका छन् । बाराको निजगढमा हालै सम्पन्न दोश्रो साधारण सभाले अध्यक्ष, पदाधिकारी, सदस्य गरि २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको थियो ।

संघको बरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह,उपाध्यक्षहरुमा राजिव थापा,किशोर भट्टराई र पाल्छाङ हेन्जन निर्वाचित भए । त्यसैगरि सदस्यमा देवकुमार लामा, प्रकाश मोहन धौवडेल ,प्रेमलाल बोम्जन,बिजयमान थापा,मिलन राज प्रसाई,हरि बहादुर घर्ती,राजेन्द्र बराल,हेमन्त कुमार मल्ल छन् ।

मनिराम थापा,उमा महतो,बिजय बस्नेत,धर्म प्रसाद न्यौपाने,बिजय गुरुङ,मधु लामा,राधिका देउला,जानकी सेढाई महर्जन,कृष्ण गौतम,प्रेम बहादुर राना र ज्ञान बहादुर जिम्वा सदस्य चुनिए । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन टोलीका प्रमुख अधिवक्ता गोपी बहादुर भण्डारी, लोक बहादुर खुलाल र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले पद तथा गोपनियताको सपथ ग्रहण गरााएका थिए ।

संघको नयाँ संशोधित बिधान–२०८० अनुरुप अध्यक्ष–१,बरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–३ र १९ जना सदस्यहरु सहित २५ सदस्यहरु निर्वाचित भएका छन् । बाकी मनोनित र आमन्त्रित सदस्यहरु गरि २९ सदस्यीय कार्यसमिति हुनेछ ।

बाकी रहेका पदहरु उपाध्यक्ष,महासचिव,सचिव,कोषाध्यक्ष, सल्लाहकार सहित अन्य थप सदस्यहरु मनोनित गर्ने अधिकार पनि अध्यक्षको रहेको संघका प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गी’ईश्वर’ ले जानकारी दिएका छन् ।

नेपाल सितोरियो करातेका संस्थापक प्रथम प्रमुख प्रशिक्षक महागुरु थानेश्वर राई साधारण सभाको उद्घाटन गरेका थिए । मधेस प्रदेशकी सांसद मिना लामा,वागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सूर्य लाल भण्डारी, राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव एवम नेपाल कराते महासंघका अध्यक्ष लामा, ७ वटा प्रदेशका प्रतिनिधि, पर्यबेक्षक, करातेका बरिष्ठ प्रशिक्षक, सितोरियो कराते कर्मीलगायतको उपस्थिति थियो ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.