2 years ago
September 7, 2023
ललितपुर (हाम्रो खेलकुद) – हरिसिद्धी उसु क्वानका सुरज श्रेष्ठ वीर गणेशमान सिंह स्मृति पाँचौ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुषतर्फ ५० केजी तौल समूहको क्वार्टरफाइनलमा पुगेका छन् ।
सुरजले मकवानपुरका सोमलाल स्याङतानलाई हराउँदै अन्तिम आठमा पुगेका थिए । सुजनले सेमिफाइनलमा ठेचो डोजोका प्रसन्न राईसँग प्रतिस्पर्धाा गर्नेछन् । त्रिभुवन आर्मी क्लका धमेन्द्र रामले एपिएफका संगम बिकेलाई हराए । धमेन्द्रले सेमिफाइनलमा पुग्न दाङका विशाल बुढासँग खेल्नेछन् । यस्तै भिम्पा तामाङ र संजीव राई पनि क्वार्टरफाइनलमा पुगेका छन् ।
यस्तै ५५ केजी पुरुषमा नेपाल क्योक्योसिन बुदोका जय बोगटीले आयोजक टिमका अनिश पोदारलाई हराएका छन् । फाइट क्लबका तोइथ राज थापा, रुकुमका नवीन नाथ , गोर्कणेश्वर म्वाइथाइँका लाक्पा तामाङ, काल भैरबका प्रविन माझी, बिकेटी केबिसीका नवराज श्रेष्ठले मकवानपुरका बुद्ध लामालाई हराए ।
जिल्ला खेलकुद विकास समिती ललितपुर र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको वडा नम्बर ११ चापागाउँको प्याङगाउँ चौरमा ३ दिन सम्म चल्ने प्रतियोगितामा महिला र पुरुषमा समान ६ वटा गरि कुल १२ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।पहिलो दिन विभिन्न तौल समूहका ३१ वटा प्रतिस्पर्धा भएको प्रतियोगिताका जुरी सदस्य एवं आयोजक समितिका सदस्य दिपक श्रेष्ठले जानकारी दिए ।
महिलमा ४५ केजी , ५० केजी , ५५ केजी , ६० केजी , ६५ केजी र खुल्ला गरी ६ तौल समूहमै प्रतिस्पर्धा हुनेछ । त्यस्तै पुरुषमा ५० केजी , ५५ केजी , ६० केजी , ६५ केजी ,७० केजी र खुल्ला तौल गरी ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रत्येक तौल समूहका विजेताले ३० हजार , दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुबैले समान ८ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक एवं परिकल्पनाकार प्रदेश सभा सदस्य मिनकृष्ण मर्हजनले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कुल ९ लाख ५७ हजार रुपैयाँ पुरस्कार रहेको छ ।
जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहका छोरा तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले सरकारी तबरबाट हुन नसकेको यस्ता प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए । संघिय सांसद समेत रहेका सिंहले खेलकुदका माध्यमबाट अहिलेका पुस्ताले लौह पुरुष गणेशमानलाई चिन्ने अवसर समेत मिल्ने विश्वास व्यक्त गरे ।
पूर्व अर्थराज्य मन्त्री एवं प्रतिनिधी सभा सदस्य उदय शमसेर राणाले खेलकुदमा बजेट कम भएपनि खेल र खेलाडीको विकासका निम्ती यस्ता प्रतियोगिता आयोजना हुनु सुखद भएको बताए । २ सय ८१ जना खेलाडीले भाग लिएको प्रतियोगिता आयोजनामा मुख्य सहयोग गोदावरी नगरपालिका र सहयोगीका रुपमा बाग्मती प्रदेश खेलकुद विकास परिषद् रहेको छ ।
प्रतियोगिताको टिम च्याम्पियनले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट महिला र पुरुष खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]