default_image

2 years ago

August 6, 2023

सर्वाधिक धनराशीको राष्ट्रिय किकबक्सिङ भदौमा हुने

603 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर किकबक्सिङ संघ र ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुँदै आएको स्व. वीर गणेशमान स्मृति खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिता भदौ तेस्रो सातामा हुने भएको छ ।

गोदावरी नगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामाको कुल अनुमानित बजेट ५२ लाख ८१ हजार ६ सय रुपैयाँ रहेको छ । प्रतियोगिता भदौ २१ देखि २३ सम्म गोदावरी नगरपालिका वडा नम्बर ११ स्थित प्याङ्गाउँ खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा पुरुष र महिलातर्फ ६-६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ५०, ५५, ६०, ६५, ७५ र खुल्ला तथा महिलामा ४५, ५०, ५५, ६०, ६५ र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

टिम च्याम्पियन बन्ने टोलीलाई १ लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुने टिमलाई २५ हजार प्रदान गरिनेछ । पुरुष र महिला दुवै विधातर्फ उत्कृष्ट हुने खेलाडीले जनही २५-२५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसँगै कराते, तेक्वान्दो, उसु, बक्सिङ, मुवाथाई, किकबक्सिङ, फुल कन्ट्याक्ट कराते र सात प्रदेशका राष्ट्रिय स्तरका खेलाडीले सहभगिता जनाउनेछन् ।

आयोजकले उपत्यका बाहिरबाट आउने खेलाडीलाई खाना र आवास व्यवस्था पनि गरेको छ ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.