2 years ago
June 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वारियर्स च्याम्पियनसिप २०२३ यहि शुक्रबार काठमाडौंमा हुने भएको छ । भारत र नेपालका १४ खेलाडी सहभागी हुने मिक्स मार्सल आर्ट च्याम्पियनसिपका लागि सबै खेलाडी नेपाल आइसकेका छन् ।
च्याम्पियनसिपमा ५ एमेच्योर फाइट र २ प्रोफेसनल फाइट हुनेछ । प्रोफेसनल फाइटमा नेपालका लागि रविन्द्र ढाँट र मन्दिप रानामगरले प्रतिस्पर्धा गर्नेछन् । फेदर वेट डिभिजनमा रविन्द्रले भारतका जेसन लिंग्दोसँग खेल्नेछन् । त्यसअघि मन्दिप र भारतका सुएश जाधवले प्रतिस्पर्धा गर्नेछन् ।
एमेच्योरतर्फ लाइट वेटमा कर्मा गुरुङ र आकाश दहिया तथा बान्टम वेटमा फरहान इब्राहिम र सुदीप तामाङ भिड्नेछन् । फेदर वेटमा धिरज शर्मा र राहुल हाम्ले तथा लाइट वेटमा साहिल बूराले कुन्जन कक्षपतिको सामना गर्नेछन् । नेपालका प्रबल घले र भारतका श्रेयांश सिंहबीच लाइट वेटमा स्पर्धा हुनेछ ।
प्रतियोगिताका लागि सम्पूर्ण तयारी सकिएको आयोजकले एक कार्यक्रममाझ जानकारी दियो । कार्यक्रममा प्रोफेसनल फाइटका खेलाडीबीच फेस-अफ पनि भएको थियो । रविन्द्रले आफू जित्नेमा ढुक्क रहेको बताउँदा जेसनले घरेलु समर्थकलाई शान्त पर्नेमा विश्वस्त रहेको बताए ।
च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलमा हुनेछ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]