default_image

2 years ago

June 11, 2023

मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक च्याम्पियन

228 views

0 Bookmark

हिमाल खरेल , बिर्तामोड

झापाको बिर्तामोडमा भएको प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजक टिम मदन भण्डारी स्पोर्टस एकेडेमी च्याम्पियन बनेको छ ।

सातवटा प्रदेश र आयोजक समिति गरी आठ टिम सहभागी रहेको प्रतियोगितामा एकेडेमीले ५ स्वर्ण र २ रजत पदक जित्दै च्याम्पियन बनेको हो ।

आयोजक टिमका पुरुषतर्फ ५० केजी तौल समूहका अनिष उप्रेती, ६७ केजी तौलका दिपक कोइराला, महिलातर्फ ४० केजीकी राजुरानी अधिकारी, ५० केजीकी मनिषा ढुंगाना र ६१ केजीकी पूजा चौधरीले स्वर्ण पदक जिते ।

त्यसैगरी, ४५ केजी तौल समूहकी प्रियंका राई र ६५ केजी माथिकी मेनुका मगरले रजत पदक प्राप्त गरेका छन् ।

दोस्रो हुने बाग्मती प्रदेशले समान ५ स्वर्ण र २ कास्य पदक हात पारेको छ । बाग्मतीका पुरुषतर्फ ६० केजी तौल समूहका अनिल उपरकोटी, महिलातर्फ ४५ केजी तौलकी जमुना तामाङ, ५५ केजी तौल समूहकी सञ्जीवनी कार्कीले स्वर्ण पदक जिते ।

बाग्मतीले शनिबार सम्पन्न खेलको कातातर्फका दुबै पदक हात पारेको थियो । बाग्मतीका लागि ५५ केजीका सरोज माझी र ७५ केजीमाथिका सुरज मगरले कास्य पदक प्राप्त गरेका छन् ।

प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ । गण्डकीले दुईवटा स्वर्ण र एउटा कास्य पदक हात पारेको छ ।
गण्डकीका ५५ केजीका अंकित गुरुङ र ७५ केजी माथिका सजल बुढाथोकीले स्वर्ण जितेका हुन् ।

गण्डकीका लागि ६५ केजीमाथिको तौल समूहकी सिम्रन राईले कास्य पदक प्राप्त गरेकी छन् । प्रतियोगिताको चौथो स्थान कोशी प्रदेशले प्राप्त गरेको छ । कोशी प्रदेशले एउटा स्वर्ण, चार रजत र दुई कास्य पदक हात पा¥यो । कोशीका ७५ केजी तौल समूहका रोजन खड्काले स्वर्ण जितेका हुन् ।

रजतपदक ७५ केजी माथिको तौल समूहका रोशन धामी, ५० केजीका अंकित भेटवाल, ५५ केजी तौल समूहकी सञ्जीता लेप्चा र कातातर्फ करुणा राईले जितेका छन् । कोशीका ६० केजीका साहिल घिमिरे र ६१ केजी तौल समूहमा खेलेकी समीक्षा लेप्चाले कास्य पदक हात पारेका छन् ।

लुम्बिनी प्रदेश पाँचौँ स्थानमा रहेको छ । लुम्बिनीले १ स्वर्ण र ३ रजत पदक जितेको छ । लुम्बिनीका ६५ केजी तौल माथिकी दिया थापाले स्वर्ण जितेकी छन् । रजततर्फ ४० केजीकी सुशीला चौधरी, ६० केजीका याम बरुवाल र कातातर्फ रविन्द्र सुनारले पदक जितेका छन् ।

सुदूरपश्चिम प्रदेशले १ स्वर्ण, २ रजत र ६ कास्य पदक जित्दै छैटौँ स्थानमा रहेको छ । सुदूरपश्चिमका ४५ केजी तौल समूहका प्रेम कार्कीले स्वर्ण, ५५ केजीका आशिष सेजुवाल र ६१ केजी तौल समूहकी सोनिया तिरुवाले रजत पदक हात पारेका छन् ।

कास्यतर्फ भने ७५ केजीका रमेशसिंह ठगुन्ना, ६७ केजीका रियाज कुँवर, ५५ केजीकी रिया पुजारा, ५० केजीकी उर्मिला ऐर, ४० केजीकी अञ्जली सापकोटा र कातातर्फ रोहित तामाङले कास्यपदक प्राप्त गरे ।

स्वर्ण पदक जित्न नसकेका मधेस र कर्णाली प्रदेश सातौँ र आठौँ स्थानमा रहेका छन् । मधेस प्रदेशले ३ रजत र ३ कास्य जितेको छ । मधेसका ७३ केजीका पंकज शर्मा, ४५ केजीका राहुल मण्डल र ५० केजी तौल समूहकी सविना दियालीले रजत पदक हात पारेका छन् ।

५० केजीका उज्ज्वल परियार, ४५ केजीकी सिमरन शाह र कातातर्फ सविना दियालीले नै कास्य पदक प्राप्त गरिन् ।

कर्णाली प्रदेशले १ रजत र १ कास्य पदक जितेको छ । कर्णालीका ६७ केजी तौल समूहका सन्दिप विकले रजत र ४५ केजी तौल समूहका मिलनकुमार राईले कास्य पदक हात पारेका छन् ।

प्रतियोगितामा स्वर्ण पदक जित्नेले १० हजार, रजत पदकलाई ७ हजार र कास्य पदक पाउनेले ४ हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको आयोजक कमिटीका उपमहासचिव मदन उप्रेतीले जानकारी दिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा महिलाहरुको ९ इभेन्ट र पुरुषहरुको १० इभेन्ट गरी १९ वटा इभेन्टमा खेल भएका थिए ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.