2 years ago
June 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– चीनमा ४ महिनापछि आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) का दौरान बुधबार भएको झगडाका विषयमा छानविन गर्न नेपाल कराते महासंघले उपाध्यक्ष ओमकृष्ण प्रसाईको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको छ ।
छानविन समितिको सदस्यमा महासंघका सदस्य रवी महर्जन र गजेन्द्र साउद रहेका छन् । महासंघका अध्यक्ष युवराज लामाको अध्यक्षतामा बिहीबार बसेको सचिवालय बैठकले छानविन समिति गठन गरेको हो । घटनाको छानविन गरि १५ दिन भित्र प्रतिवेदन बुझाउन समितिलाई भनिएको छ ।
छनोट चलिरहँदा आन्तरिक विवाद झगडामा बदलिएको थियो । महासंघका सचिव ध्वजमान मोक्तान र सदस्य कृष्ण गौतममाथि हातपात भएको बताइएको छ । विवादको कारण के हो र को कोमाथि हातपात भएको विषयमा समितिले छानविन गरेर प्रतिवेदन बुझाउने बताइएको छ ।
महासंघका अध्यक्ष लामाले सामाजिक सन्जालमार्फत छानविन समिति गठन भएको जानकारी दिएका छन् । दुई दिन सम्म भएको छनोटले एसियाडका लागि ८ खेलाडी छनोट भएका छन् । एसियाड असोज ६ देखि २१ गते सम्म चीनको हान्झाउनमा हुनेछ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]