2 years ago
March 9, 2023
काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर भैसीपाटीस्थित न्यूजेन तेक्वान्दो एकेडेमीले १० औं स्पिड पाउर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका विजेता खेलाडीलाई बुधबार पदक तथा प्रमाण पत्र हस्तान्तरण गरेको छ ।
गत सेम्टेम्बरको २ देखि ४ सम्म भएको अनलाई प्रतिस्पर्धा तेक्वान्दोको पुम्से च्याम्पियनसिपमा न्यूजेनका ११ खेलाडीले पदक जितेका थिए । जसमा ३ खेलाडीले स्वर्ण, ७ खेलाडीले ७ रजत र १ खेलाडीले कास्य पदक जितेका थिए । मलेसियाको काललम्पुरबाट प्राप्त पदक तथा प्रमाण पत्र बुधबार महिला दिवसको अवसर पारेर नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्ट र खेलकुद पत्रकार प्रकाश तिमल्सिनाले विजेता खेलाडीलाई हस्तान्तरण गरेका थिए ।
ब्ल्याक बेल्ट श्रृष्टी स्याङ्बा, ब्ल्याक बेल्ट सक्षम दुलाल र ब्लु बेल्ट दिनेया अधिकारीले स्वर्ण पदक जितेका थिए । त्यस्तै ब्लु बेल्ट नियोस ताम्राकार, ग्रिन बिल्ट रिया अर्याल, यल्लो बेल्ट रायन अर्याल, यल्लो बेल्ट आरभ चन्द ठकुरी, यल्लो बेल्ट आर्नभ श्रेष्ठ, रेड बेल्ट अद्भय बज्र बज्राचार्य र रेड बेल्ट निजानन्द थापाले कास्य पदक जितेका थिए । येल्लो बेल्टका बेदान्स गजुरेलले कास्य पदक जितेका थिए ।
पदक हस्तान्तरण पनि ओलम्पियन विष्टले आफूले १९ वर्षको उमेरमा तेक्वान्दो खेल्न सुरु गरेर दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण पदक, एसियाली खेलकुदमा २ कास्य पदक र ओलम्पिक सम्म खेल्न सफल भएको स्मरण गर्दै भने, ‘मैले ढिला गरि सुरु गरेर पनि मेहनत र अनुशासनका साथ सफलता प्राप्त गर्न सके । तपाईहरुले सानै उमेरबाट खेल्ने अवसर पाउनुभएको छ । अनुशासित भएर मेहेनत गर्नुभयो भने सफलता प्राप्त गर्नु हुनेछ । चाहान्छु भविष्यमा तपाईहरुले हाम्रो कीर्तिमान तोड्न सफल हुनुहोला ।’
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]