default_image

2 years ago

February 19, 2023

करातेका ४८ खेलाडी एसियाडको प्रारम्भिक छनोटमा

247 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को करातेको प्रारम्भिक प्रशिक्षणका लागि ४८ खेलाडी छनोट भएका छन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीमा आइतबार सम्पन्न छनोटमा महिला र पुरुषतर्फ समान ६ गरि १२ तौल समूहमा खेलाडी छनोट भएका हुन् । हरेक समूहमा सेमिफाइनल पुग्ने खेलाडी छनोट भएका छन् ।

महिला ६१ केजी तौल समूहमा एएिफकी रमिता माझी विजयी हुँदै छनोट भइन् । नेपाल पुलिस क्लबकी सोनी राई दोस्रो तथा त्रिभुवन आर्मी क्लबकी निरुपा तामाङ र पुलिसकी अर्मिला डिसी तेस्रो हुँदैछ छानिए । महिला ६८ केजी तौल मुनिको तौल समूहमा एपिएफकी डायना ओझा, बागमती प्रदेशका विनिता श्रेष्ठ, श्रद्धा थापा र आशिका राई छनोट भएका छन् । ६८ केजी माथिको तौल समूहमा पुलिसकी एरिका गुरुङ, बागमतीकी रन्जिता ढुंगेल, महिमा राई र लुम्बिनीकी दिया थापा छनोटमा पर्न सफल भए ।

महिला ५० केजी तौल समूहमा बागमतीकी एञ्जिला महर्जन, आर्मीकी मिस्ली श्रेष्ठ, बागमतीकी नमु शाक्य र पुलिसकी सविना श्रेष्ठले प्रारम्भिक चरणमा पर्न सफल भए । ५५ केजी तौल समूहमा पुलिसकी जिया कार्की, गण्डकीकी अनु गुरुङ, आर्मीकी सोनु माया थिङ र सुदूरपश्चिमकी पुष्पा मदाई छनोट भए ।

पुरुषतर्फ ६७ केजी तौल समूहमा बागमतीका इलोन श्रेष्ठ, पुलिसका सन्तोष श्रेष्ठ, आर्मीका कृतन महर्जन, बागमती प्रदेशका अमृत थोकर छनोट भए । ७५ केजी तौल समूहमा एपिएफका सुवास घताने, गण्डकीका सज्वल बुढाथोकी, आर्मीका किरण पुन, प्रदेश १ का रुरिहाङ डुमी छनोटमा पर्न सफल भए । पुरुष ८४ केजी तौल मुनिको समूहमा एपीएफका मोहम्मद शेखु आलम, बागमतीका आशिष थापा, प्रदेश १ का इश्वरधन राई, आर्मीका सुरेश जप्रेल छानिए ।

८४ केजी तौल माथिको समुहमा पुलिसका विप्लव लाल श्रेष्ठ, एपीएफका दिगम्बर पन्त, आर्मीका विपिन राज सिंह धामी र बागमती प्रदेशका सुमन ब्लोन छनोट भए । छनोटको पहिलो दिन महिला एकल कातामा पुलिसकी चञ्चला दनुवार, कर्णालीकी एलिसा रास्कोटी मगर, आर्मीकी रिना श्रेष्ठ र पुलिसकी सरु कार्की छनोट भएका थिए ।

पुरुष एकल कातामा एपिएफका सोनिम मानन्धर, आर्मीका प्रविण मानन्धर, पुलिसका महसुस मोक्तान र बागमतिका रिहान चन्द छनोट भए । कुमुते पुरुष ६० केजी तौल समूहमा पुलिसका सोनम लामा, आर्मीका विजय रिमाल, एपीएफका सविन खत्री र बागमतीका रिकेश भण्डारी छानिएका छन् ।

चरण चरणमा गरि एसियला खेलकुदको केहि अघि हरेक तौल समूहमा एक खेलाडी छनोट गरिने प्रशिक्षक दीपक श्रेष्ठले जानकारी दिए । नेपाल कराते महासंघले आयोजना गरेको छनोटमा ७ प्रदेश र ३ विभागका १ सय २५ खेलाडीको सहभागिता थियो । १९ औं एसियाड चीनको हान्जाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.