default_image

2 years ago

February 11, 2023

मनिषा र विप्लव करातेमा उत्कृष्ट

325 views

0 Bookmark

ललितपुर (हाम्रोे खेलकुद)– दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा महिलातर्फ एपिएफकी मनिषा चौधरी र पुरुषतर्फ नेपाल पुलिस क्लबका विप्लवलाल श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

तीन वर्षअघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा मनिषा र विप्लप दुवै पदक विजेता खेलाडी हुन् । सागका स्वर्ण पदक विजेता विप्लपले शुक्रबार ८४ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेका थिए । उनले पहिलो संस्करणमा पनि स्वर्ण पदक जितेका थिए ।

सागकी कास्य पदक विजेता मनिषाले शनिबार ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् । उनी यो प्रतियोगितामा पहिलो पटक च्याम्पियन बनेकी हुन् । सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण, आठौंमा रजत र नवौंमा कास्य पदक जितेकी मनिषा ५ वर्ष अघि एपिएफमा आबद्ध भएकी थिइन् ।

पहिलो पटक च्याम्पियन हुँदा नै उत्कृष्ट खेलाडी घोषित भएकोमा खुसी लागेको नवलपरासीकी मनिषाले बताइन् । उनले भनिन्, मैले उत्कृष्ट हुुन्छु भन्ने लागेको थिएन । मेरो लागि अप्रत्यासित थियो ।’

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.