2 years ago
February 11, 2023
ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । पुलिस सर्वाधिक १० स्वर्ण, २ रजत र ३ कास्य गरि १५ पदक जित्दै टिम च्याम्पियन बनेको हो । पहिलो संस्करणमा पनि पुलिस नै टिम च्याम्पियन बनेको थियो ।
प्रतियोगिताको शीर्ष ३ भित्र विभागिय टोली रहेका छन् । ६ स्वर्ण, ३ रजत र ५ कास्य गरि १४ पदकका साथ नेपाल एपिएफ क्लब दोस्रो र १ स्वर्ण ५ रजत र ७ कास्य गरि १३ पदकका साथ आर्मी तेस्रो भएको छ । अन्य ७ प्रदेश भने स्वर्ण पदक जित्न असफल भएका छन् ।
ललितपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा शनिबार सम्पन्न प्रतियोगितामा बागमती प्रदेश २ रजत र ५ कास्य पदकका साथ चौथो भएको छ । गण्डकी प्रदेशले समान २ रजत र २ कास्य पदक जित्दा लुम्बिनीले १ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । सुदूरपश्चिमले १ रजत र १ कास्य जित्दा, कर्णाली प्रदेशले १ रजत, प्रदेश १ ले ६ कास्य पदक र मधेश प्रदेशले २ कास्य पदक जितेको छ ।
प्रतियोगिताको अन्तिम दिन शनिबार ५ इभेन्टको फाइनल भएको थियो । जसमा पुलिसले २ तथा एपिएफले ३ स्वर्ण पदक जितेको थियो । तीन वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका पुलिसकी सुनिता महर्जन (६८ केजी मुनी) को तौल समूहमा र नविन रसाइलीले ६७ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए ।
बागमती प्रदेशकी विनिता श्रेष्ठलाईले हराउँदै सुनिताले स्वर्ण पदक जितेकी हुन् । एपिएफकी डाएना ओझा र मधेश प्रदेशकी मोनिका मगरले कास्य पदक जिते । पुरुष ६७ केजीको फाइनलमा आर्मीका सन्नी चौलागाईले हराउँदै नविनले स्वर्ण पदक जितेका हुन् । बागमतीका निमा शेर्पा र एपिएफका प्रतिक घर्तीमगर कास्य पदक जिते ।
एपिएफकी मनिष चौधरीले ५५ केजी, मोहमद शेखु आलमले ८४ केजी मुनि र सुुवाश घतानीले ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । लुम्बनी प्रदेशकी बर्षा बुढा मगरलाई हराउँदै मनिषाले स्वर्ण पदक जितेकी हुन् । आर्मीकी सारदा सुनार र प्रदेश १ कि विद्याकला राईले कास्य पदक जिते ।
८४ केजी मुनिको तौल समूहमा गण्डकी प्रदेशका विशाल थापा मगरलाई हराउँदै मोहमद शेखुले स्वर्ण पदक जितेका हुन् । पुलिसका स्वीकार राई र आर्मीका निकेश मानन्धरले कास्य पदक जिते । ७५ केजी तौल समूहमा गण्डकी प्रदेशका सजोल बुढाथोकीलाई हराउँदै सुवाशले स्वर्ण पदक जितेका हुन् । प्रदेश १ का रुरिहाङ धामी र पुलिसका आकाश मण्डलले कास्य पदक जिते ।
प्रतियोगितामा महिलातर्फ एपिएफ मनिषा चौधरी र पुलिसतर्फ पुलिसका विप्लवलाल श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । गोदावरी नगरपालिकाको आयोजनामा भएको कृष्णप्रसाद भट्टराई खेलकुद महोत्सव अन्तर्गत दोस्रो कृष्णप्रसाद भट्टराई स्मृती कराते प्रतियोगिता नेपाल कराते महासंघको प्रमुख डोजो ललितपुरले सञ्चालन गरेको थियो ।
तीन दिन सम्म सन्चालन भएको प्रतियोगितामा ७ प्रदेश , ३ विभागका खेलाडीले १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जन, गोदवरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]
March 1, 2025
ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो । दुई दिनमा १२ वटा स्वर्ण पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]