default_image

2 years ago

February 11, 2023

मनिषाले एपिएफलाई दिलाइन् चौथो स्वर्ण

200 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– एपिएफ क्लबकी मनिषा चौधरीले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । प्रतियोगितामा एपिएफको यो चौथो स्वर्ण पदक हो ।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा शनिबार भएको तेस्रो फाइनलमा बर्षा बुढा मगरलाई ७–५ ले हराउँदै मनिषाले स्वर्ण पदक जितेकी हुन् । त्यसअघि सेमिफाइनलमा मनिषाले आर्मीकी सारदा सुनारलाई हान्सुकोका आधारमा र वर्षाले प्रदेश १ कि विद्याकला राईलाई ८–० ले हराउँदै फाइनलमा भेट पक्का गरेका थिए । सारदा र विद्याकलाले कास्य प्राप्त गरेको इभेन्टमा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा १७ मध्ये १५ वटा स्वर्ण पदकको छिनोफानो भइसकेको छ । जसमध्ये पुलिसले सर्वाधिक १०, एपिएफले ४ र आर्मीले एउटा स्वर्ण पद जितेको छ । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराते प्रतियोगिता आज सम्पन्न हुनेछ ।

हरेक इभेन्टको स्वर्ण पदक जित्ने खेलाडीले स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, शसस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पदक

महिला एकल काता

स्वर्ण – चन्चला दनुवार (नेपाल पुलिस क्लब)

रजत – एलिशा रासकोटी मगर (कर्णाली)

कास्य – मिरा खाती (बागमती), रोश्मा राई (प्रदेश १)

महिला टिम काता

स्वर्ण – पुलिस

रजत – त्रिभुवन आर्मी क्लब

कास्य – एपिएफ र बागमती

पुरुष एकल काता

स्वर्ण – सोनिम मानन्धर (एपिएफ क्लब )

रजत – महसुस मोक्तान (पुलिस)

कास्य – रेहान जाभेद (बागमती), विनय लिम्बु ( त्रिभुवन आर्मी क्लब)

पुरुष टिम काता

स्वर्ण – एपिएफ

रजत – पुलिस

कास्य – आर्मी र प्रदेश १

कुमुते महिला

४५ केजी तौल समूह

स्वर्ण – पुष्पका लामा (पुलिस)

रजत – ममता महर्जन (आर्मी)

कास्य – दीपा लामा (एपिएफ), प्रतिमा राई (प्रदेश १)

५० केजी तौल समूह

स्वर्ण – मिस्ली श्रेष्ठ (आर्मी)

रजत – गरिमा मल्ल (सुदूरपश्चिम)

कास्य – सविना श्रेष्ठ (पुलिस) र सोनु श्रेष्ठ (बागमती)

५५ केजी तौल समूह

स्वर्ण –मनिषा चौधरी (एपिएफ)

रजत –बर्षा बुढा मगर (लुम्बिनी)

कास्य – सारदा सुनार (आर्मी) र विद्याकला राई (प्रदेश १)

६१ केजी तौल समूह

स्वर्ण – सोनी राई (पुलिस)

रजत – रमिता माझी (एपिएफ)

कास्य – खुस्बु खड्का (मधेश) र सानुमाया थिङ (आर्मी)

६८ केजी मुनीको तौल समूह

स्वर्ण – सुनिता महर्जन (पुलिस)

रजत –विनिता श्रेष्ठ (बागमती)

कास्य – डाएना ओझा (एपिएफ) र मोनिका मगर (मधेश)

६८ केजी माथिको तौल समूह

स्वर्ण – एरिका गुरुङ (पुलिस)

रजत – विभुषा थापा (आर्मी)

कास्य – महिमा राई (बागमती) र रोजिता ढुंगेल (एपिएफ)

कुमुते पुरुष

५० केजी तौल समूह

स्वर्ण – साजन मोक्तान (पुलिस)

रजत – सिमोन श्रेष्ठ (बागमती)

कास्य – विशाल राई (प्रदेश १) र विजय रिमाल (आर्मी)

५५ केजी तौल समूह

स्वर्ण – सोनम लामा (पुलिस)

रजत – सुविन खत्री (एपिएफ)

कास्य – राम बिसी (सुदूरपश्चिम) र अंकित गुरुङ (गण्डकी)

६० केजी तौल समूह

स्वर्ण – मीनबहाुर तामाङ (एपिएफ)

रजत – किर्तन महर्जन (आर्मी)

कास्य – यामबहादुर समाल (लुम्बिनी) र सक्षम लामा (गण्डकी)

६७ केजी तौल समूह

स्वर्ण – नविन रसाइली (पुलिस)

रजत – सन्नी चौलागाई (आर्मी)

कास्य – निमा शेर्पा (बागमती) र प्रतिक घर्तीमगर (एपिएफ)

८४ केजी माथिको तौल समूह

स्वर्ण – विप्लवलाल श्रेष्ठ (पुलिस)

रजत – तेन्जिङ शेर्पा (एपिएफ)

कास्य – नारायण गुरङ (लुम्बिनी) र विपिनराज सिंह दर्जी (आर्मी)

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

March 1, 2025

कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते- दोस्रो दिन पुलिसलाई ६ स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो ।‌ दुई दिनमा १२ वटा स्वर्ण‌ पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]

Success

Thank you for your time.