default_image

2 years ago

February 9, 2023

टिम कातामा एपिएफलाई स्वर्ण

260 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष टिम कातामा एपिएफले स्वर्ण पदक जितेको छ । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगिताको टिम काताको फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो ।

फाइनलमा एपिएफले २४.३६ अंक र पुलिसले २३.८२ अंक जोडेको थियो । त्रिभुवन आर्मी क्लब र प्रदेश १ ले कास्य पदक जिते । टिम इभेन्टमा ९ टोलीको सहभागिता थियो । जारी प्रतियोगितामा अहिले सम्म सकिएका तीन वटा इभेन्टमध्ये एपिएफले २ स्वर्ण र पुलिसले १ स्वर्ण पदक जितेको छ ।

एकल काताको महिलामा पुलिसकी चन्चला दनुवार र पुरुषतर्फ एपिएफका सोनिम मानन्धरले स्वर्ण पदक जितेका थिए ।गोदावारी नगरपालिकाद्धारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गर्ने राष्ट्रिय कराते प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

माघ २८ गतेसम्म चलने प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । पहिलो दिन महिला र पुरुष एकल र टिम काता तथा कुमुतेका दुई प्रतिस्पर्धा हुनेछन् । पहिलो हुने प्रत्येक खेलाडीहरुलाई स्वर्ण पदक सहित स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछ र दोश्रो र तेश्रो हुनेहरुले पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, शसस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पदक

महिला एकल काता
स्वर्ण – चन्चला दनुवार (नेपाल पुलिस क्लब)
रजत – एलिशा रासकोटी मगर (कर्णाली)
कास्य – मिरा खाती (बागमती), रोश्मा राई (प्रदेश १)

पुरुष एकल काता
स्वर्ण –
सोनिम मानन्धर (एपिएफ क्लब )
रजत – महसुस मोक्तान (पुलिस)
कास्य – रेहान जाभेद (मधेश), विनय लिम्बु ( त्रिभुवन आर्मी क्लब)

पुरुष टिम काता
स्वर्ण – एपिएफ
रजत – पुलिस
कास्य – आर्मी र प्रदेश १

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

March 1, 2025

कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते- दोस्रो दिन पुलिसलाई ६ स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो ।‌ दुई दिनमा १२ वटा स्वर्ण‌ पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]

Success

Thank you for your time.