2 years ago
February 2, 2023
काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना आयोजना हुने दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि लुम्बिनी प्रदेशले खेलाडी छनोट गरेको छ । बिहीबार सम्पन्न दुई दिने छनोट प्रतियोगिताबाट महिलातर्फ ९ र पुरुषतर्फ १० खेलाडी छनोट भएका छन् ।
महिला ४५ केजीमा गीता विक, ५० केजीमा अनिता पुन मगर, ५५ केजीमा बर्षा बुढामगर, ६१ केजीमा रक्षा शाही ठकुरी, ६८ केजीमा सम्पदा केसी र ६८ केजी तौल भन्दा माथिको तौल समूहमा दिया थापा छनोट भएकी छिन् । एकल कातामा पुजा दर्नाल तथा टिम कातामा पुजासहित छायाँ गुरुङ र कविता थापा छानिएका छन् ।
पुरुषतर्फ अविनाश जिएम (५० केजी), राहुल चौधरी (५६ केजी), यमबहादुर समाल (६० केजी), निखिल गुरुङ (६७ केजी), प्रतिक कुवर (७५ केजी), अनिश पाण्डे ८४ केजी र नारायण गुरुङ ८४ केजीमाथिको तौल समूहमा छनोट भएका छन् । एकल कातामा आजादसिंह राना तथा टिम काता आजाद तथा किशन विक र हिमाल सुनार छानिएका छन् ।
गोदावरी नगरपालिकाको आयोजना हुने कृष्ण प्रसाद भट्टराई खेल महोत्सव २०७९ को अवसरमा नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललिपतुर र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा माघ २६ देखि २८ गते सम्म कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागका गरि १० टोलीको सहभागिता रहनेछ । महिलातर्फ ८ र पुरुषतर्फ ९ गरि १७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को विषेश सहयोगमा हुने प्रतियोगिताको सहयोगीका रुपमा सम्झना ल्याब, लि निङ, क्लासिक डायमण्ड र उद्योग वाणिज्य संघ ललितपुर रहेका छन् ।
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]
March 1, 2025
ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो । दुई दिनमा १२ वटा स्वर्ण पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]