2 years ago
February 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना आयोजना हुने दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि कर्णाली प्रदेशबाट खेलाडी भएका छन् । महिला र पुरुष कुमुते तथा कतामा गरि २१ खेलाडी छनोट भएको कर्णाली प्रदेश कराते टेक्निकल कमिटी सुर्खेतले बुधबार जानकारी दिएको छ ।
छनोट हुने महिला खेलाडीमा एलिसा रास्कोटी मगर (४५ केजी), ममता नेपाली (५० केजी), प्रेयङ्का शाही (५५ केजी), प्रियंका शाही (६१ केजी), सन्जिता नेपाली (६८ केजी), शुष्मा नेपाली (६८ केजी माथि) छन् । एलिसाले एकल काता र टिम कातामा प्रतिस्पर्धा गर्नेछिन् । टिम कातामा ममता नेपाली, प्रेयंकाले प्रतिस्पर्धा गर्नेछिन् ।
छनोट हुने पुरुष खेलाडीमा ज्ञानेन्द्र सुनार (५० केजी), मिसन रास्कोटी मगर (५५ केजी), यज्ञबहादुर टमटा (६० केजी), सेशन बोहरा (६७ केजी), सन्तोष सिंह ठकुरी (७५ केजी), नरेश प्रकाश घर्ती (८४ केजी), समिर खत्री (८४ केजी माथि) रहेका छन् । एकल कातामा लक्ष्मणकुमार शाही तथा टिम कातामा लक्ष्मणसहित मिसन रास्कोटी मगर र ज्ञानेन्द्र सुनार रहेका छन् । कर्णाली प्रदेश टोलीको प्रशिक्षकमा प्रदीपकुमार राई र रमेश नेपाली छन् ।
गोदावरी नगरपालिकाको आयोजना हुने कृष्ण प्रसाद भट्टराई खेल महोत्सव २०७९ को अवसरमा नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललिपतुर र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा माघ २६ देखि २८ गते सम्म कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागका गरि १० टोलीको सहभागिता रहनेछ । महिलातर्फ ८ र पुरुषतर्फ ९ गरि १७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को विषेश सहयोगमा हुने प्रतियोगिताको सहयोगीका रुपमा सम्झना ल्याब, लि निङ, क्लासिक डायमण्ड र उद्योग वाणिज्य संघ ललितपुर रहेका छन् ।
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]
March 1, 2025
ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो । दुई दिनमा १२ वटा स्वर्ण पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]