default_image

2 years ago

January 30, 2023

एसियन बक्सिङकी पदक विजेता त्रिशा गृहनगरमा सम्मानित

219 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद)– थाइल्यान्डमा सम्पन्न एएसबिसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेकी झापाकी त्रिशा जवेगूलाई गृह नगरमा सम्मान गरिएको छ । झापा भद्रपुरकी त्रिशालाई सोमबार झापा जिल्ला खेलकुद विकास समितिको अगुवाईमा सम्मान गरिएको हो ।

कार्यक्रममा भद्रपुर झापा गोल्ड कपका वरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीले त्रिशाले एसियन प्रतियोगितामा पदक प्राप्त गरेर सिंगो झापालाई गौरवान्वित बनाएको बताए । उनले आगामी दिनमा त्रिशालाई सहयोग गर्ने बाचा गरे ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेल, पावर लिफ्टिङ संघ झापाका संयोजक प्रज्ज्वल राई, समितिकी उपाध्यक्ष गंगा भूर्तेल, समिति सदस्य पूर्णिमा सिटौला, बक्सिङ प्रशिक्षक डम्बर लिम्बू लगायतले जवेगूलाई सम्मान गरेका थिए ।

जवेगूले मिडल वैट ७५ किलो तौल समूहमा बाई पाएर कास्य पदक पक्का गरेकी थिइन् । त्रिशा हालै गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा ७५ केजी तौल समूहकी स्वर्णधारी मुक्केबाज हुन् । त्रिशालाई नेपाल सरकारले नगद तीन लाख रुपैयाँसहित पुरस्कृत गर्ने घोषणा गरिसकेको छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

च्याम्पियनसिपमा मुक्केबाज सुष्मा तामाङले ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो । च्याम्पियनसिपमा त्रिशासहित विजय बाटा, हेमा राईले कास्य जितेका थिए ।

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

March 1, 2025

कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते- दोस्रो दिन पुलिसलाई ६ स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो ।‌ दुई दिनमा १२ वटा स्वर्ण‌ पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]

Success

Thank you for your time.