2 years ago
January 28, 2023
काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना आयोजना हुने दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि बागमती प्रदेशबाट खेलाडी छनोट भएका छन् । महिला पुरुष कुमुते र काता गरि २१ खेलाडी छनोट भएको छनोट प्रतियोगिता आयोजक नेपाल कराते डो महासंघ चितवन शाखाले जनाएको छ ।
छनोट हुने खेलाडीमा महिला कुमुतेमा पार्वती गुरुङ (४५ केजी), सोनु श्रेष्ठ, (५० केजी), ममता गुरुङ (५५ केजी), उर्सला पहरी (६१ केजी), विनिता श्रेष्ठ (६८ केजी) र महिमा राई (६८ केजी माथि) छन् । त्यस्तै पुरुषतर्फ साइमन श्रेष्ठ (५० केजी), इलोन श्रेष्ठ (५५ केजी), मनोज गुरुङ (६० केजी), निमा शेर्पा (६७ केजी), रोशन बलामी (७५ केजी), कृष्ण चौधरी (८४ केजी) र शेखर श्रेष्ठ (८४ केजी माथि) रहेका छन् ।
महिला एकल कातामा मिरा खाती तथा टिम कातामा सन्जु देसार, नानु शाक्य र सृजना महतरा छनोट भएका छन् । त्यस्तै पुरुष एकलमा रहोन जाबेद तथा टिम कतामा राजकुमार श्रेष्ठ, अृमत थोकर र मनीष कार्की छन् । प्रदेश टोलीको प्रशिक्षकमा रामकुमार थारु र दुर्गा कुमाल तथा व्यवस्थापकमा मदन महर्जन रहेको वरिष्ठ प्रशिक्षक गगन लामा जनाएका छन् । चितवनको भरतपुरमा भएको एक दिने छनोट प्रतियोगितामा बागमती प्रदेशका १३ खेलाडीका खेलाडीको सहभागिता रहेको थियो ।
गोदावरी नगरपालिकाको आयोजना हुने कृष्ण प्रसाद भट्टराई खेल महोत्सव २०७९ को अवसरमा नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललिपतुर र गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा माघ २६ देखि २८ गते सम्म कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागका गरि १० टोलीको सहभागिता रहनेछ । महिलातर्फ ८ र पुरुषतर्फ ९ गरि १७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को विषेश सहयोगमा हुने प्रतियोगिताको सहयोगीका रुपमा सम्झना ल्याब, लि निङ, क्लासिक डायमण्ड र उद्योग वाणिज्य संघ ललितपुर रहेका छन् ।
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]
March 1, 2025
ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो । दुई दिनमा १२ वटा स्वर्ण पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]