2 years ago
January 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदका सर्वाधिक सफल खेलाडी दीपक विष्टसहित प्रशिक्षक र खेलाडीलाई शसस्त्र प्रहरी बलले सोमबार सम्मान गरेको छ ।
२२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा विभिन्न क्षेत्रमा संगठनलाई अनुकरणीय योगदान पु¥याएकोमा संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ, महानिरीक्षक स्व सहबीर थापा, विष्टसहित ३१ जनालाई पहिलो पटक आइजी एपिएफ कमेन्डेसनबाट सम्मान गरिएको जनाएको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता एथलेटिक्स गोपीचन्द्र पार्की, १३ औं साग बीच भलिबलकी कास्य पदक विजेता विनिता बुढाथोकी, नवौं राष्ट्रिय खेलकुदमा कीर्तिमानी खेलाडी रमिताकुमारी थारु, सलिम देवान र राएन गुरुङलाई आइजी एपिएफ कमेन्डेसन सम्मान प्राप्त गरे । प्रशिक्षकहरु कुस्तीका खगेन्द्रबहादुर बस्नेत, करातेका दीपक श्रेष्ठ, जिम्याष्टिकका राजेश्वरमान स्थापित, भारोत्तोलनका सञ्जय महर्जन र टेबल टेनिसका राजेन्द्रबहादुर दुलालले पनि आइजी एपिएफ कमेन्डेनस सम्मान प्राप्त गरे । खेलाडी र प्रशिक्षकलाई शसस्त्र प्रहरी महानिरक्षक राजु अर्यालले सम्मान गरेका थिए ।
ओलम्पियन तेक्वान्दो विष्टले सागका ४ संस्करणमा स्वर्ण पदक, एसियाली खेलकुदमा दुई कास्य पदक जितेका थिए । त्यस्तै विष्ट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दोस्रो नेपाली खेलाडी हुन् । तेक्वान्दोकै संगिना वैद्य छनोट भएर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]
March 1, 2025
ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो । दुई दिनमा १२ वटा स्वर्ण पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]