2 years ago
December 21, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङ संघले थाइल्यान्डमा आयोजना हुने एएसबिसी यू २२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका लागि छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
संघले छनोट प्रतियोगिता पुस ११ देखि १३ गते सम्म ललितपुर सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषदको बक्सिङ हलमा हुनेछ । थाइल्यान्डको यू २२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप माघ २ देखि १३ गते सम्म हुनेछ ।
छनोटमा सन् २००१ जनवरी १ देखि २००४ डिसेम्बर ३१ सम्म जन्मेका खेलाडीले मात्र भाग लिन पाउने बताइएको छ । छनोटमा महिलातर्फ ४८,५७ र ७५ केजी तथा पुरुषतर्फ ४८,५७ र ८६ केजीमा प्रतिस्पर्धा हुनेछ । उत्कृष्टताका आधारमा छनोटमा सहभागी गराइने संघले जनाएको छ ।
छनोटमा रिङ पोशाक र अन्य आवश्यक समाग्री खेलाडीले नै व्यवस्था गर्नुपर्ने बताइएको छ । छनोटमा सहभागी हुनका लागि संघले आयोजना गरेको कुनै एक राष्ट्रव्यापी बक्सिङ प्रतियोगितामा भाग लिएकै हुनुपर्ने संघले प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]
March 1, 2025
ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो । दुई दिनमा १२ वटा स्वर्ण पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मछिन्द्र एफसी केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा आयोजक केपी एफसीलाई ४-० को फराकिलो अन्तरमा हराउँदै मछिन्द्रले उपाधि नजिक पुगेको हो । मछिन्द्रले उपाधिको लागि सोमवार त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्नेछ। मछिन्द्रको जितमा स्टेफेन जमाहा जालीले २ तथा मनिष डाँगी र रोशन रानाले समान १ […]