default_image

2 years ago

December 15, 2022

उपचारका लागि सिंहलाई आर्थिक सहयोग

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी शेरबहादुर सिंहलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोष र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक सहयोग प्रदान गरेको छ ।

लामो समयदेखि कलेजो रोगबाट पीडित सिंहलाई कोषले २ लाख र राखेपले ३ लाख गरि ५ लाख रुपैयाँ बिहीबार प्रदान गरेको कोषका सचिव समेत रहेका खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराएका छन् । कोषका अध्यक्ष समेत रहेका राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपाल तेक्वान्दाका मुख्य प्रशिक्षक नवीन श्रेष्ठलाई ५ लाखको चेक बिहिबार हस्तारन्तरण गरे ।

कैलाली जिल्ला निवासी सिंहको दिल्ली स्थित नारायण सुपरस्पेसियलिस्ट अस्पतालमा कलेजो प्रत्यारोपणका लागि उपचार भईरहेको छ । उनलाई क्रोनिक लिभर डिजिज सिरोसिस भएको चिकित्सकले जानकारी गराएका छन् । उनको उपचारका लागि आर्थिक संकलन अभियान पनि चलाइएको बताइएको छ ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

March 1, 2025

कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते- दोस्रो दिन पुलिसलाई ६ स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो ।‌ दुई दिनमा १२ वटा स्वर्ण‌ पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]

March 1, 2025

मच्छिन्द्र केपी ओली कपको‌ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- मछिन्द्र एफसी केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा आयोजक केपी एफसीलाई ४-० को फराकिलो अन्तरमा हराउँदै मछिन्द्रले उपाधि नजिक पुगेको हो । मछिन्द्रले उपाधिको लागि सोमवार त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्नेछ। मछिन्द्रको जितमा स्टेफेन जमाहा जालीले २ तथा मनिष डाँगी र रोशन रानाले समान १ […]

Success

Thank you for your time.